आज कता-कता हुन्छ वर्षा र हिमपात ?

वि.सं.२०८० फागुन ११ शुक्रवार ०८:०२
1.4K
shares
काठमाडौं: विगत केही दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावकै कारण बिहीबार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको थियो ।
शुक्रबार बिहानदेखि कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हिमपातको सम्भावना छ । आज दिउँसो देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
शनिबार र आइतबारको मौसम पूर्वानुमान
२०८० फागुन १२ गते (शनिबार)
दिउँसो: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०८० फागुन १३ गते (आइतबार)
दिउँसो: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति: देशभर आंशिक देखि साधारणतया बदली रहने छ । प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वि.सं.२०८० फागुन ११ शुक्रवार ०८:०२