YouTube Link

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, वर्तमान गठबन्धन तलमाथि नहुने देउवाको सन्देश

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेटन सभापति देउवा आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

 

कांग्रेस महासमिति बैठक सकिएलगत्तै सभापति देउवा प्रधानमन्त्री दाहाललाई भेटन पुगेका हुन् । सभापति देउवाले महासमिति बैठकमा छलफल भएका विषय र निष्कर्ष प्रधानमन्त्री दाहाललाई सुनाएका थिए । प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, वर्तमान सत्ता गठबन्धन, महासमिति बैठकलगायत विषयमा छलफल भएको थियो । छलफलमा कांग्रसका प्रमुख सचेतक रमेश लेखक, उपप्रधानमन्त्री पूर्णबहादुर खडका, नेता कृष्णप्रसाद सिटौला उपस्थित थिए ।

 

महासमिति बैठकमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसले गल्ती गरेको र अबका निर्वाचनमा कांग्रेस एक्लै लड्ने विषयमा अधिकांशले आवाज उठाएका थिए । महासमिति बैठकमा जेजस्ता विषयमाथि छलफल भएपनि वर्तमान गठबन्धन तलमाथि नहुने सन्देश सभापति देउवाले प्रधानमन्त्री दाहाललाई दिएको बालुवाटार स्रोतले बताएको छ ।

 

भेटमा कांग्रेसका नेताहरूले वर्तमान गठबन्धनको विकल्प नखोजिने र अहिलेकै गठबन्धनलाई बलियो बनाएर लैजान कांग्रेस तयार रहेको प्रचण्डलाई सुनाएका थिए । महासमिति बैठकमा वर्तमान सत्ता गठबन्धनको विषयमा भएको छलफलप्रति माओवादी नेतृत्व कांग्रेससँग सशंकित बनेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...