YouTube Link

अज्ञात समूहको गोली लागेर घाइते प्रधानाध्यापकको मृत्यु

Facebook Link

बारा: अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका विद्यालय सञ्चालक एवं प्रधानाध्यापक गुड्डु भनिने रुपेश सराफको मृत्यु भएको छ । उपचारका क्रममा वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटलमा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे ।

सराफ बाराको कलैया उपमहानगरपालिका-६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक हुन् । सोमबार दिउँसो १ बजेतिर प्रधानाध्यापक सराफमाथि गोली प्रहार भएको थियो । दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सराफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो । घाइते सराफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।  गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...