YouTube Link

दीपेन्द्रसिंह ऐरीले सबै खेल गुमाउने उच्च सम्भावना

Facebook Link

 

काठमाडौं: नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सबै खेल गुमाउने सम्भावना उच्च बनेको छ ।

 

पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । दीपेन्द्र प्लेइङ ११ मा रहेपनि चोट लागेपछि उनको स्थानमा विवेक यादवलाई खेलाएको थियो । दीपेन्द्र उपचारपछि वैसाखी टेकेर टियु क्रिकेट मैदान फर्किएका थिए । प्रतियोगिता एक हप्ता मात्रै हुँदा दीपेन्द्रले पुरा प्रतियोगिता गुमाउने उच्च सम्भावना छ ।

 

दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालका टि-२० आईका सर्वाधिक सफल र उच्च लयमा रहेका दीपेन्द्र नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ । दीपेन्द्रले यसै साता त्रिकोणात्मक सिरिजमा युएई र हङकङविरुद्ध सानदार प्रदर्शन गरेका थिए ।

 

दीपेन्द्र टोलीमा हुँदा नेपालले एक स्पिनर कम खेलाउँदै आएको थियो । उनी नहुँदा स्पिन आक्रामणमा समेत ठूलो असर पर्नसक्छ । दीपेन्द्रले अफ स्पिन गर्दै टोलीलाई सफलता दिलाउँदै आएका थिए । दीपेन्द्र नेपालबाट टि-२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ५२ टि-२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १३ सय ४४ रन बनाएका छन् । उनी नेपालबाट टि-२० आईमा एक हजार रन पूरा गर्ने एक्लो खेलाडी हुन् ।

 

उनी नेपालबाट सर्वाधिक धेरै टि-२० आई खेल खेल्ने खेलाडी समेत हुन् । उनले ५२ खेल खेल्दा करण र सोमपाल कामीले ५१-५१ टि-२० आई खेल खेलेका छन् । उच्च लयमा रहेका उनी नहुँदा टोलीको समिकरणमै ठूलो असर पर्ने देखिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...