Rajshow Bivag

एमडीएमएसमा दर्ता नभएका हजारौं फोन ब्लक गर्दै प्राधिकरण

Departmant of helth services

 

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउनका लागि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको थियो ।

 

“यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने,” प्राधिकरणले सूचनामा भनेको छ । एमडीएमएसमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु गैरकानुनी तरिकाले भित्रिएको हुने प्राधिकरणको भनाइ छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडीएमएसमा दर्ता नभएरै चलिरहेको बताएको छ । पछिल्ला आइफोन र अरु एन्ड्रोइड फोनहरुमा दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने तयारी गरिरहेको प्राधिकरणले बताएको हो ।

 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दर्ता नभएका आइफोन १५ दर्ता गर्नका लागि आह्वान भइहेको र दर्ता नभएमा ती फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने तयारी भइरहेको बताएका हुन् । प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले करिब दुई हजार आइफोन १५ एमडीएमएसमा दर्ता नभएरै सञ्चालनमा रहेको बताएका छन् । पटकपटक दर्ता गर्नका लागि आह्वान गर्दा समेत दर्ता नभइरहेको र अब दूरसञ्चार सेवा अवरुद्ध गर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ ।

 

भन्सार पास भएर आउने सबै फोनहरुको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउनेले ल्याएका फोनहरु दर्ता गर्नका लागि पनि सरकारले व्यवस्था गरिदिएको छ । यी बाहेक कालोबजारीबाट भित्रिने फोनहरुको आईएमईआई नम्बर मात्रै एमडीएमएसमा दर्ता नहुने भन्दै प्रतिबन्ध लगाउनुपर्ने व्यापारीहरुको माग छ ।

 

प्राधिकरणले बढीजसो एलिटवर्गका मानिसले चलाइरहेका पछिल्ला आइफोन नै दर्ता नभएको भन्दै पहिलो चरणमा परीक्षणका रुपमा ब्लक (दूरसञ्चार सेवा अवरुद्ध) गर्ने तयारी भइरहेको बताएको छ । केही दिनमै दर्ता नभएका आइफोन १५ ब्लक हुने र त्यसपछि अन्य नयाँ फोनहरु पनि ब्लक गर्ने प्राधिकरणको भनाइ छ । आफ्नो फोन एमडीएमएसमा दर्ता भए नभएको हेर्न र दर्ता गर्न https://mdms.nta.gov.np/public यहाँबाट सकिन्छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...