YouTube Link

कर्णालीमा पहिलोपटक सभामुख र उपसभामुख दुवै महिला

Facebook Link

 

काठमाडौं: कर्णाली प्रदेशले सभामुख र उपसभामुख दुवै पदमा महिला नेत्तृत्व पाएको छ । देश संघीयतामा गएपछि प्रदेशको सभामुखमा महिला निर्वाचित भएको यो पहिलो रेर्कड हो ।

 

प्रतिनिधि सभाको सभामुखमा छैटौं सभामुखको रुपमा ओनसरी घर्ती बनेकी थिइन् । तर प्रदेशमा महिला सभामुख बनेको भने यो पहिलो पटक हो । कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरूङ र उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएर इतिहास रचेका हुन् ।

 

आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन् । साथै, बुधबार उपसभामुख पदका लागि भएको निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित भइन् ।

 

केन्द्रमा सत्ता गठबन्धनबीच भएको भागबन्डा अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा, सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार दलहरुले उम्मेदवार तय गरेका थिए ।

 

४० सदस्यीय रहेको प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, राप्रपा र नेकपा एकीकृत समाजवादीका १/१ तथा स्वतन्त्रबाट १ जना सांसद छन् । सभामुख र उपसभामुख दुवै जनाले २४/२४ मत प्राप्त गरेका थिए ।

 

यसअघि कर्णाली प्रदेशसभामा ज्येष्ठ सदस्यका हैसियतले नेकपा एमालेका सांसद बिनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गरेका थिए । पुस १० गते केन्द्रमा भएको राजनीतिक फेरबदलपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री र नेकपा एमालेले सभामुख भएपछि शाह नै सभामुख हुने आंकलन धेरैको थियो । तर, शाह मन्त्री बन्ने भन्दै सभामुख पदबाट पछाडि हटे ।

 

त्यसपछि सभामुखका लागि मुगुका जीतबहादुर शाही, हुम्लाका कलबहादुर हमालको नाम चर्चामा थियो । तर, यी तीन जनाले पनि मन्त्री बन्ने मनशाय बनाएपछि एमालले अन्तिममा समानुपातिकतर्फ सुर्खेतबाट निर्वाचित सांसद नन्दा गुरुङलाई सभामुखमा अघि सारेको हो । उनले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्ग पोखरेललाई हराउँदै सभामुख बनेकी छन् ।

 

यस्तै, एमालेबाट सभामुखमा महिला आएपछि नेकपा माओवादी केन्द्रले पुरुष उम्मेदवार बनाउने धेरैको विश्वास थियो । तर, माओवादीले कालीकोटकी समानुपातिक सांसद यशोदा न्यौपनोलाई अघि सार्‍यो । न्यौपानेले कांग्रेस उम्मेदवार इन्द्राकुमारी शाहीलाई हराउँदै उपसभामखुम बनेकी हुन् ।

 

अन्य प्रदेशसभा पदका लागि नेताहरुले तानातान गरेपनि कर्णालीमा पुरुष नेताहरूले महिलाहरूका लागि अवसर दिएका छन् । प्रत्यक्षतर्फ स्थान नपाउने महिलालाई पुरुष सांसदको मन्त्री बन्ने लोभले यसपाली भने कर्णाली संसदले नयाँ इतिहास रचेको छ ।

 

प्रदेशसभाको पहिलो कार्यकालमा ७ वटै प्रदेशले उपसभामुखमा महिला सांसदलाई थन्काएका थिए । तर, कर्णाली प्रदेशको दुवै पदमा महिला निर्वाचित हुँदै इतिहास रचेका छन् ।

 

समावेशीताको चर्को नारा लगाउने दलहरूले महिलालाई ३३ प्रतिशत सहभागी गराउनुपर्ने संवैधानिक बाध्यतालाई समानुपातिकमा सीमित गर्दै प्रत्यक्षतर्फ महिला प्रतिनिधित्वमा विगतकै अभ्यास दोर्‍याएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...