YouTube Link

मैत्रीपूर्णमा पीएसजीले बाजी मार्दा मेस्सी र रोनाल्डो दुवैले गरे गोल

Facebook Link

 

एजेन्सी: साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण क्लब फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साउदीको अल नसरलाई हराएको छ ।

 

बिहीबार राति निकै रोमान्चक भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५-४ गोल अन्तरले हराएको हो । यस खेलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्तको रुपमा हेरिएको थियो ।

 

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काए गरेका थिए ।

 

खेलको सुरुवातदेखि नै बल पोजेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले दोस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरेका थिए ।

 

खेलको ३४औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए । गोलरक्षक केलर नाभास क्रसमा बल रोक्ने क्रममा रोनाल्डोको मुखमा जुधेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे । ३९औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो ।

 

 

जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिए । किलियन एमबाप्पेको पासलाई सदुपयोग गर्दै कप्तान मार्किन्हसले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

 

इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाए । खेलको केहि मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए । रोनाल्डोको सुरुवाती हेडर पोस्टमा लागेर फर्केपछि सर्जियो रामोसले राम्रो क्लिअरेन्स गर्न नसक्दा रिबाउन्डमा रोनाल्डोले गोल गरे ।

 

खेलको ५४औं मिनेटमा पिएसजीले खेलमा तेस्रो पटक अग्रता लियो । एमबाप्पेको कटब्याकलाई रामोसले पहिलो टचमा नै गोल गरे । खेलको दुई मिनेटमै रियादले बराबरी गोल फर्कायो । जाङ ह्युन सुले कर्नरमा आएको बललाई हेडरमार्फत पोस्टको दिशा दिँदै खेल ३-३ को स्थितिमा ल्याए ।

 

खेलको ५९औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । किलीयन एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै पिएसजीलाई अघि बढाए । गोल खाए लगत्तै खेलको ६०औं मिनेटमा रोनाल्डोलाई परिवर्तन गरिएको थियो । पिएसजीले पनि त्यसबेला नै मेस्सी, एमबाप्पे र नेयमारलाई विश्राम दिएको थियो ।

 

खेलको ७८औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । ह्युगो एकिटिकेले काउन्टर अट्याकमा आएको बललाई अघि बढाउँदै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गर्दै गोल गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...