YouTube Link

प्रेस युनियनको उपमहासचिवमा कुसुम सेञ्चुरीको उम्मेदवारी

Facebook Link

 

काठमाडौं: लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको ९औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको युनियनको आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा हुने महाधिवेशनका लागि कुसुम बिक सेञ्चुरीले महिला तर्फको उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

 

रेडियो पत्रकारिताबाट आफ्नो करियर सुरु गरेकी कुसुमले १७ बर्ष भन्दा बढी समय पत्रकारिता क्षेत्रमा बिताइसकेकी छिन् । हाल उनी अनलाईन डिजिटल पत्रिका नेपालबहस डटकममा समाचार प्रमुखको रुपमा कार्यरत छिन् ।

 

उनले यसअघि फूलबारी एफएम, रासस, रेडियो अन्नपूर्ण, देशान्तर र नाइस टीभीमा समाचार बाचिकाको रुपमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी छिन् ।

 

उपमहासचिव पदमा उम्मेदवारी घोषणासँगै उनले भने ‘लोकतान्त्रिक मूल्य मान्यताबाट विचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले उपमहासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’ उनले भनिन्- ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं महिला पत्रकारहरुको सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ ।’

 

‘गतिशील नेतृत्व, चलायमान संगठन, बिधि र पद्धतिसम्मत निर्णय, संस्थागत सुदृढीकरण, आवधिक अधिवेशन,तथा पत्रकारहरुको दक्षता अभिबृद्धि, पेशागत सूरक्षा, पत्रकार महिलाहरुको संरक्षण एवं ट्रेड यूनियन अधिकारका लागि’ आफ्नो उम्मेदवारी रहेको कुसुम सेञ्चुरीले बताईन् ।

 

नेपाल दलित संघ बर्दियाकी सचिव समेत रहेकी उनी क्रियाशील महिला पत्रकार बर्दियाको संस्थापक अध्यक्ष पनि हुन् । अन्य दर्जनौं सामाजिक संघसंस्थामा पनि आबद्ध रहेका उनले यसपटक उपमहासचिव जितेरै छोडने अठोटका साथ अत्याधिक मतले विजयी गराउनु हुन सबैमा उनले विनमतापूर्वक अनुरोध गरेकी छिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...