YouTube Link

कोरोना कहरले थला परेका व्यवसायीलाई राहतमूलक नीति ल्याउनु जरुरी छ

Facebook Link
vision

जनताको सेवा गर्ने र जनहितमा जीवन समर्पित गर्ने बाचा र कसम खाएर राजनैतिक नेतृत्वमा होमिएका  राजनैतिक दलका नेतृत्वले सत्ताको स्वादमा चुर्लुम्म डुबेपछि आफ्ना बाचा र कसमहरुलाई भुसुक्कै भुल्ने अनि आ-आफ्नै डम्फुको तालमा बौरीने गरेका छन् । जसका बाबजुद नेपाली जनता दु:ख, कष्ट, बाधा, व्यवधान, रोग, शोक, भोकले ग्रष्त हुन बाध्य छन् । जनताको  चाहनालाई कुना-कन्तरामा फ्याँकेर आ-आफ्नै दुनो सोझ्याउन नेतृत्वमा रहेका नेतृत्वगण तल्लीन रहेकै कारणले आज राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भइरहेको छ, जसको फलस्वरुप हालै सम्पन्न स्थानीय तहक‍ो निर्वाचनको परिणाम नै काफी छ ।

जन-जनक‍ो मनमा बस्न असफल राजनैतिक दल र यिनका बृद्ध अवस्थामा पुगेका नेतृत्व वर्गले बिश्राम नलिएसम्म नेपाल र नेपाली जनताले चाहेबमोजिमको शासन व्यवस्था  आउने  सम्भावना देखिंदैन, त्यसैले पनि अब  आगामी निर्वाचनमार्फत् देशको बागडोर युवा पंक्तिलाई  सुम्पिनु जरुरी छ । जनभावना  एकातिर हुँदाका बखत सरकार अर्कोतिर फर्किएर आमउपभोक्ता एवम् व्यवसायीको भावनाविपरित आफ्ना  आफन्त र भारदार मोटाउने  खालका आर्थिक नीतिहरु तर्जुमा गर्नमा भरपुर समय खर्चिएर सरकार एवम् नेपाल राष्ट्र बैंकका गभर्नरले देखाएको निरीहताले आमव्यापारी-व्यवसायीमा  नैराश्यता फैलाएको छ, जसका कारण व्यापारी-व्यावसायीको आत्मबलसमेत गिर्न  पुगेको छ ।

व्यापारी-व्यावसायीलाई राहत र सहुलियत  दिनुपर्ने समयमा सरकार स्वयम् अफवाह फैलाई राज्यलाई नै आतंकित बनाइरहेको छ । यसतर्फ  हामी सम्पूर्ण व्यवसायी सचेत हुनु जरुरी छ । व्यापारी-व्यवसायीको अभिभावकको  भूमिका निभाउनुपर्ने  सरकार आफ्नो कुर्सी जोगाउने  वहानामा जुनसुकै हथकण्डा अपनाउन पछि नपर्ने  र जनतामा करका भारमात्रै थोपर्दै जाने परम्परा तत्कालै बन्द हुनुपर्छ । आमजनताले अमन-चयनका साथ आ-आफ्नो पेशा-व्यावसाय गरेर खाने वातावरण सरकारले तय गर्नुपर्छ, जन-जनले यही चाहिरहेका छन् ।

सरकारले आयातलाई निरुत्साहित गर्दै गर्दा औद्योगिक तथा लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा सरकारले त्यसतर्फ चासो दिएको देखिंदैन । कच्चा पदार्थलगायत औद्योगिक सामग्रीमा भन्सार सहुलियत दिई उत्पादन बृद्धिमा सहयोगी बन्नु  सरकारको मुख्य  दायित्व हुनुपर्छ । साना व्यापारी-व्यवसायीलक्षित मौद्रिक नीति ल्याई कोरोना कहरले थला परेका व्यवसायीलाई राहतमूलक नीति ल्याउनु जरुरी छ । साथै,  युवावर्गलाई लक्षित कार्यक्रम ल्याई स्वरोजगारको अवस्था सिर्जना गर्ने नीति नेपाल राष्ट्र बैंकले अवलम्वन गर्न जरुरी छ ।

(बैकुण्ठ दाहाल राष्ट्रिय व्यापार संघका महासचिव हुन् ।)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...