कोरोना कहरले थला परेका व्यवसायीलाई राहतमूलक नीति ल्याउनु जरुरी छ

vision

जनताको सेवा गर्ने र जनहितमा जीवन समर्पित गर्ने बाचा र कसम खाएर राजनैतिक नेतृत्वमा होमिएका  राजनैतिक दलका नेतृत्वले सत्ताको स्वादमा चुर्लुम्म डुबेपछि आफ्ना बाचा र कसमहरुलाई भुसुक्कै भुल्ने अनि आ-आफ्नै डम्फुको तालमा बौरीने गरेका छन् । जसका बाबजुद नेपाली जनता दु:ख, कष्ट, बाधा, व्यवधान, रोग, शोक, भोकले ग्रष्त हुन बाध्य छन् । जनताको  चाहनालाई कुना-कन्तरामा फ्याँकेर आ-आफ्नै दुनो सोझ्याउन नेतृत्वमा रहेका नेतृत्वगण तल्लीन रहेकै कारणले आज राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भइरहेको छ, जसको फलस्वरुप हालै सम्पन्न स्थानीय तहक‍ो निर्वाचनको परिणाम नै काफी छ ।

जन-जनक‍ो मनमा बस्न असफल राजनैतिक दल र यिनका बृद्ध अवस्थामा पुगेका नेतृत्व वर्गले बिश्राम नलिएसम्म नेपाल र नेपाली जनताले चाहेबमोजिमको शासन व्यवस्था  आउने  सम्भावना देखिंदैन, त्यसैले पनि अब  आगामी निर्वाचनमार्फत् देशको बागडोर युवा पंक्तिलाई  सुम्पिनु जरुरी छ । जनभावना  एकातिर हुँदाका बखत सरकार अर्कोतिर फर्किएर आमउपभोक्ता एवम् व्यवसायीको भावनाविपरित आफ्ना  आफन्त र भारदार मोटाउने  खालका आर्थिक नीतिहरु तर्जुमा गर्नमा भरपुर समय खर्चिएर सरकार एवम् नेपाल राष्ट्र बैंकका गभर्नरले देखाएको निरीहताले आमव्यापारी-व्यवसायीमा  नैराश्यता फैलाएको छ, जसका कारण व्यापारी-व्यावसायीको आत्मबलसमेत गिर्न  पुगेको छ ।

व्यापारी-व्यावसायीलाई राहत र सहुलियत  दिनुपर्ने समयमा सरकार स्वयम् अफवाह फैलाई राज्यलाई नै आतंकित बनाइरहेको छ । यसतर्फ  हामी सम्पूर्ण व्यवसायी सचेत हुनु जरुरी छ । व्यापारी-व्यवसायीको अभिभावकको  भूमिका निभाउनुपर्ने  सरकार आफ्नो कुर्सी जोगाउने  वहानामा जुनसुकै हथकण्डा अपनाउन पछि नपर्ने  र जनतामा करका भारमात्रै थोपर्दै जाने परम्परा तत्कालै बन्द हुनुपर्छ । आमजनताले अमन-चयनका साथ आ-आफ्नो पेशा-व्यावसाय गरेर खाने वातावरण सरकारले तय गर्नुपर्छ, जन-जनले यही चाहिरहेका छन् ।

सरकारले आयातलाई निरुत्साहित गर्दै गर्दा औद्योगिक तथा लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा सरकारले त्यसतर्फ चासो दिएको देखिंदैन । कच्चा पदार्थलगायत औद्योगिक सामग्रीमा भन्सार सहुलियत दिई उत्पादन बृद्धिमा सहयोगी बन्नु  सरकारको मुख्य  दायित्व हुनुपर्छ । साना व्यापारी-व्यवसायीलक्षित मौद्रिक नीति ल्याई कोरोना कहरले थला परेका व्यवसायीलाई राहतमूलक नीति ल्याउनु जरुरी छ । साथै,  युवावर्गलाई लक्षित कार्यक्रम ल्याई स्वरोजगारको अवस्था सिर्जना गर्ने नीति नेपाल राष्ट्र बैंकले अवलम्वन गर्न जरुरी छ ।

(बैकुण्ठ दाहाल राष्ट्रिय व्यापार संघका महासचिव हुन् ।)

Nishana Seving AD

NADA AUTO SHOW 2023
Alice Education home sports
टि-२० आईमा पहिलो पटक नेपालले भारतसँग खेल्दै

टि-२० आईमा पहिलो पटक नेपालले भारतसँग खेल्दै

वि.सं.२०८० असोज १५ सोमवार १६:३९

  काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा...

पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

वि.सं.२०८० असोज १५ सोमवार १६:१७

  काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा...

स्थानीय तहका कर्मचारीहरु सडकमा

स्थानीय तहका कर्मचारीहरु सडकमा

वि.सं.२०८० असोज १५ सोमवार १४:२२

  काठमाडौं: शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका...

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८० असोज १५ सोमवार ०६:१३

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

वि.सं.२०८० असोज १४ आइतवार १६:१२

  काठमाडौं: प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ...

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

वि.सं.२०८० असोज १४ आइतवार १५:५६

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई...