YouTube Link

सर्वोच्चद्वारा एआईजी पोखरेलले दायर गरेको रिट खारेज

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

 

यो निर्णयसँगै सरकारले धीरजप्रताप सिंहलाई आईजीपीमा गरेको नियुक्ति सदर भएको छ ।

 

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । आफुभन्दा कनिष्ठलाई नियुक्ति दिएको भन्दै पोखरेलले दयार गरेको रिट सर्वोच्चले आज खारेज गर्ने फैसला गरेको हो ।

 

सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।

 

आइजीपी नियुक्ति विरुद्धको मुद्दामा आज विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो ।

 

मुद्दामा निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।

 

गत १८ वैशाखमा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

सर्वोच्चको फैसलासँगै एआईजी पोखरेल धर्मसंकटमा परेका छन् । उनी गत वैशाखदेखि अफिस गएका छैनन् । कि राजीनामा दिने कि आईजीपी सिंहसँग मिलेर काम गर्नेबाहेक उनीसँग अर्को विकल्प छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...