YouTube Link

दलहरुद्वारा उपभोक्ता समितिको भेला बहिष्कार

Facebook Link

रामेछाप: स्थानीय सरकारले अवैधानीक रुपमा खानेपानी उपभोक्ता समिति बनाएर उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का राजनैतिक दल तथा यहाँका उपभोक्ताहरुले उक्त समितिले बोलाएको भेला बहिष्कार गरेका छन् ।

स्थानीय सरकारले १८ महिना अगाडि पुरानो समितिलाई भंग गरेर ६ महिनाको लागि  बनाएको नयाँ समितिले बोलाएको भेला अवैधानिक भएकाले आफुहरुले बहिष्कार गरेको खाँडादेवी गाउँपालिका वडा नं ५ नेपाली काँग्रेसका इकाइ सभापति बिराज श्रेष्ठले बताए ।

पकरबास-भिरपानी पम्पिङ्ग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्किम नं १ मा लामो समयदेखि उपभोक्ता समिति निर्माणको विषयलाई लिएर विवाद हुदै आएको थियो ।

खानेपानी उपभोक्ता समितिका ७ सय जना उपभोक्ताहरुको अपमान गर्दै स्थानीय सरकारले आफ्ना नजिकका मानिसहरुलाइ राखेर जबरजस्ति समिति बनाएकाले उक्त समिति अपारदर्शी हुनुका साथै आर्थिक अनियमितता समेत भएको हुन सक्ने भएकाले आफुहरुले भेला बहिष्कार गर्नुका साथै तत्काल निर्वाचन वा सर्वसम्मत तरिकाले उपभोक्तहरुको उपस्थितीमा नयाँ समिति बनाउनका लागि माग गरेको खाँडादेवी गाउँपालिका वडा नं ४ का नेपाली  काँग्रेसका इकाइ सभापति हरि कार्कीले बताए ।

आज बोलाएको भेला अवैधानिक भएकाले आफुहरुले यो समितिले गरेको सम्पूर्ण हिसाव किताव सार्वजनिक नगरेसम्म भेला बहिष्कार गर्ने नेकपा माओवादी केन्द्र खाँडादेवी ४ का  अध्यक्ष रामकृष्ण मानन्धरले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...