कोभिड-१९ को संक्रमण दर बढेसँगै स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

वि.सं.२०७८ पुस २७ मंगलवार १२:३९

काठमाडौं: कोरोना भाईरस (कोभिड-१९) संक्रमण दर बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बोलाईएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।
मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् ।
सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।

वि.सं.२०७८ पुस २७ मंगलवार १२:३९