YouTube Link

नेपाल भारतबीचको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

Facebook Link

काठमाडौ: नेपाली महिला राष्ट्रिय टोलि र भारतबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३-० गोल अन्तरले पराजित गरेको हो ।

टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोकेकी थिइन् । भारतको अर्को प्रहार पोस्टमाथि बाहिरिएको थियो । यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गरेका थिए । त्यसपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकिएको थियो ।

भारतले ३०औँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षकको कमजोरीमा सौम्या गुगुलोथले गोल गरेकी थिइन् । नेपालले पनि पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । कप्तान अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङले हेड गोल गरेकी थिइन् । अनितालाई यस खेलमा नेपाली टोलीको कप्तानी गर्ने अवर मिलेको हो ।

यसअघि भारतमै खेलिएको नेपाल, भारत र इरानसम्मिलित त्रिदेशीय खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...