नेपाल र भारतबीचको महिला अन्तर्राष्ट्रिय फुटबल खेल आज
वि.सं.२०८२ कात्तिक १२ बुधवार ०८:०५
1.1K
shares
काठमाडौं: नेपाल र भारतबीचको महिला अन्तर्राष्ट्रिय फुटबल खेल आज हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ । यी दुई टिमले गत सोमबार फिफा विन्डो अन्तर्गत भारतकै सिलोङमा भिडन्त गरेको थियो ।
सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलको सहयोगमा नेपालले सो खेलमा भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको थियो । भारतविरुद्ध आज हुने खेलमा भने साम्बाको उपस्थित हुने छैन । उनीसहित अन्य दुई प्रमुख खेलाडी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई पनि सो खेलमा खेल्ने छैनन् ।
व्यावसायिक फुटबल खेल्न कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अस्ट्रेलिया फर्किसकेकी छन् । यसैगरी अल इत्तिहाद क्लबमा आबद्ध प्रीति राई जोर्डन र निस अट्रोमिटोउबाट खेल्न एन्जिला ग्रीस प्रस्थान गरिसकेका छन् ।
वि.सं.२०८२ कात्तिक १२ बुधवार ०८:०५


















