आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४
1K
shares
काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाईट्स भाईटमा नेपालबाट निर्णायकको रुपमा शंकर भुजेल मंगलबार सिक्किम प्रस्थान गरेका छन् । नेपालबाट भुजेल सहित ८ सदस्यीय टोलि त्यस तर्फ प्रस्थान गरेका छन् ।
मार्सल आर्ट्स अर्गनाइजेसनले प्रतियोगिताको लागि नेपाललाई निमन्त्रणा गरेको हो । प्रतियोगितामा विभिन्न ५ तौल समुहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । नेपालको तर्फबाट मिलन राई ५२ केजी तौल समुह, निश्चल तामाङ ५६ केजी तौल समुह, कमल आचार्य ६० केजी तौल समुह, मिलन तामाङ ६५ केजी तौल समुह र विनोद श्रेष्ठ ७० केजी तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा राजिव महर्जन, टिम मेनेजरमा किरण सिह साउद रहेको मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले जानकारी दिएको छ ।
सहभागी टोलीलाई किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमकाबीच बिदाई गर्दै सफलताको शुभकामना दिएका छन् । प्रमुख डंगोलले खेलाडीहरुलाई जितेर आउन बाघभैरबको आशिर्वाद रहेको बताए । उसु खेलको विकास र विस्तारका लागि सधै आफु तत्पर रहेको समेत प्रमुख डंगोलको भनाई छ ।

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४