सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३
768
shares
काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा ५ हजार ७०० र शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य एक लाख ८५ हजार रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँ पुगेको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो ।

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३