YouTube Link

सहिद गेटमा सभापति कप फुटबलको ट्रफी अनावरण गरियो

Facebook Link

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएकोछ ।

आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमकाबीच सहिद गेटमा अनावरण गरेको हो । ‘नेपाली काँग्रेसले सदैव सहिदहरूको सम्मान गर्दै आएको बताउँदै प्रतियोगिताको ट्रफी पनि सहिद गेटमा अनावरण गर्न लागेका हौँ ।’ निर्देशन समितिका संयोजक मोहन बस्नेतले भने ।

ट्रफी सार्वजनिक गर्नु अघि नेपाली काँग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्‍यालीको पनि आयोजना गरिएको छ । तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्‍याली एयरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै सहिद गेटमा हुने ट्रफी अनावरण गरिएको हो ।

प्रतियोगिताको फाइनल खेल बिहीबार साँझ ५:३० बजे दशरथ रङ्गशालामा हुने छ । सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको विजेताले नगद २६ लाख र उप विजेताले नगद १३ लाख प्राप्त गर्नेछ । यसैगरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु. १०० र रु. २०० तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँ तोकिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...