केपी ओली कप फुटबल फागुन ११ देखि १९ गतेसम्म हुने
वि.सं.२०८१ माघ १७ बिहीवार ०९:३५
1.4K
shares
काठमाडौं: केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म हुने भएको छ । आयोजक नेकपा एमाले राष्ट्रिय युवा संघले बुधवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो हो ।
ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका महासचिव सुमन पुरीले जानकारी दिए । प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सबै उमेर समूहको रुची रहेकोले फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए । केपी ओली कपको पछिल्ला दुवै संस्करण मच्छिन्द्र क्लबले जितेको थियो ।
वि.सं.२०८१ माघ १७ बिहीवार ०९:३५


















