YouTube Link

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

Facebook Link

एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । इतिहाद स्टेडियममा गएराति सम्पन्न खेलमा पाहुना टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीको यो १०औँ प्रिमियर लिग उपाधि हो । सिटीले यसअघि सन् २०२१, २०२२ र २०२३ मा उपाधि जितेको थियो । पुन: उपाधि जितेको सिटीले यसपटक ३८ खेलबाट ९१ अंक जोड्यो । सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे । वेस्टह्यामका मोहम्मद कुदुसले टीमका लागि सान्त्वना गोल फर्काए । खेलको दोस्रो मिनेटमै फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए ।

खेलको १८औँ मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता २-० मा पुर्‍याए । तर, ४२औँ मिनेटमा कुदुसले गोल गर्दै वेस्टह्यामलाई २-१ को स्थितिमा ल्याए । ५१औँ मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै सिटीलाई ३-१ को स्थितिमा पुर्‍याए । ८९औँ मिनेटमा थोमस सुसेकले गोल गर्दै वेस्टह्यामलाई ३-२ को स्थितिमा ल्याएका थिए । तर, भिडियो असिस्टेन रेफ्री (भीएआर)ले उक्त गोललाई मान्यता दिएन । भीएआरले गोल भएको बल सुसेकको हातमा लागेर गएको देखाएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...