रोहित पौडेलको कप्तानीमा हङकङमा हुने टी-२० सिरिजका लागि १४ सदस्य नेपाली राष्ट्रिय टिम घोषणा
वि.सं.२०८० फागुन २० आइतवार १०:५९
1.7K
shares
काठमाडौं: हङकङमा आयोजना हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । नेपालले मार्च १० मा घरेलु टोली हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने छ । त्यसअघि मार्च ९ मा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल हुनेछ । सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टिम घोषणा गरिएको हो ।
नेपाली टोलीः रोहित पौडेल, कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहरा
वि.सं.२०८० फागुन २० आइतवार १०:५९



















