YouTube Link

आइसिसी टि-२० विश्वकपः नेपालले आज मलेसियासँग खेल्दै

Facebook Link

 

काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोट अन्तर्गत घरेलु टोली नेपालले आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा मैदान उत्रनेछ । आज पहिलो खेलमा ओमानले सिंगापुरलाई हराए नेपाल आजको विजयीले सेमिफइनलमा समेत पुग्नेछ ।

 

प्रतियोगिताको पहिलो खेलमा कुशल भुर्तेलले ७४ रन बनाउँदै राम्रो सुरुवात गरेका छन् । अर्का ओपनर आसिफ शेखबाट नेपाल राम्रो इनिङ र स्ट्राइकरेट दुबै चाहन्छ । कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन नेपालको लागि निकै महत्वपूर्ण हुनेछ ।

 

कप्तान रोहित पौडेलको प्रदर्शनले नेपालको योगफल निर्धारण हुनसक्छ । सोमपाल कामी, करण केसी र गुलशन झा राम्रो ब्याटिङ गर्ने गर्दछन् । नेपालका दीपेन्द्रसिंह ऐरी चोटका कारण टोलीमा छैनन् । प्रमुख अलराउन्डर नहुँदा नेपाल समस्यामा पर्न सक्छ । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिने देखिन्छ । विवेक घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् । तर सिनियर टोलीमा राम्रोसँग खेल्ने मौका पाएका छैनन् । सेमिफाइनल अघि विवेकलाई ब्याटिङमा मौका दिन आवश्यक देखिन्छ ।

 

 

उता मलेसियाका विरनदीप सिंह प्रमुख हतियार हुन् । एसोसिएट क्रिकेटमा दुई हजार टि-२० आई रन पूरा गर्ने मात्रै दोस्रो खेलाडी विरनदीप चलेको खण्डमा नेपाललाई स्तब्ध पार्न सक्छन् । उनले ओमानविरुद्ध पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए । ओपनर सैद अजिज र जुबैदी जुलकिफी यी दुई ब्याटरले पनि मलेसियाबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । कप्तान अहमद फैज अनुभवी हुँदा राम्रो गर्नसक्छन् । बलिङ आक्रामणमा पवनदीप र विरनदीप दाजुभाइको स्पिन जोडीमा नेपाल केहि सचेत हुनुपर्छ ।

 

आजको पहिलो खेलमा टियु क्रिकेट मैदानमा बिहान ९ बजे सिंगापुर र ओमान खेल्नेछन् भने उता मुलपानी क्रिकेट मैदानमा पहिलो खेलमा हङकङले बहराइनसँग खेल्नेछ । दोस्रो खेलमा कुवेत र युएई भिड्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...