YouTube Link

लियोनेल मेस्सीले पाए किर्तिमानी आठौं पटक बालोन डि’ओर अवार्ड

Facebook Link

 

एजेन्सी: लियोनेल मेस्सीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड जितेका हुन् । यो मेस्सीको आठौं बालोन डि’ओर हो ।

 

यस अगाडि उनले सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात पारेका थिए । मेस्सीले म्यानचेस्टर सिटी र नर्वेका खेलाडी एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।

 

गत डिसेम्बरमा कतारमा भएको विश्वकपको उपाधि जिताउन आफ्नो देशको नेतृत्व गरेका उनले आफ्नो जीवनको महत्वाकांक्षा पूरा गर्दै बालोन डि’ओर समेत जित्न सफल भएका हुन् । उनले विश्वकप यात्रामा सात गोल गर्दै उत्कृष्ट खेलाडी उपाधि समेत हात पारेका थिए । १६औं पटक मनोनयनमा परेका मेस्सीले बालोन डि ओर अवधि भरि ३८ गोल र २५ असिस्ट गरेका थिए ।

 

गत सिजन मात्रै इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा गएका हालान्डले भने ५६ गोल गरेका थिए । गत सिजन सबैभन्दा धेरै गोल गरेका कारण उनले सोही समारोहका बीच गर्ड मुलर ट्रफी भने जितेका छन् । उनले युइएफए उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि समेत जितेका थिए ।

 

 

यस्तै महिला तर्फको बालोन डि’ ओर स्पेन र बार्सिलोनाकी खेलाडी आईटाना बोनमाटीले जितेको छिन् । बोनमाटीले समेत यस वर्ष नै अष्ट्रेलियान भएको विश्वकप जितेकी थिइन् । यसका साथै सिजनको लालिगा र च्याम्पियन्स लिग जितेको बार्सिलोनाको टोलीमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । बोनमाटीले युइएफए उत्कृष्ट वर्ष महिला खेलाडीको उपाधि समेत जितिसकेककी थिइन् ।

 

इङ्ल्यान्डका युवा फरवार्ड जुड बेलिङ्घमले कोपा ट्रफी, अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले याचिन ट्रफी , रियल म्याड्रिडका ब्राजिलियन भिनिसियस जुनियरले सक्रेट्स अवार्ड जिते । महिलातर्फ बार्सिलोना र पुरुषतर्फ म्यानचेस्टर सिटी बर्षको उत्कृष्ट क्लब छानिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...