YouTube Link

सिंगो देशको भरोसा सन्दीपमाथि छ: राखेप सदस्य सचिव

Facebook Link

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसिया कप खेल्न पाकिस्तान जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुभकामना दिएका छन् ।

उनी सन्दीपलाई बिदाइ गर्न त्रिभुवन विमानस्थलमा पुगेका थिए । सदस्य सचिव घिसिङले सन्दीपको उपस्थिति नेपालको लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनी गएसँगै नेपाली टिमले पूर्णता पाउने विश्वास उनले व्यक्त गरे ।

‘नेपालको इतिहासमा यो धेरै महत्त्वपूर्ण प्रतियोगिता हो । प्राविधिक कारणले सन्दीप टिमसँग जान पाएको थिएन । अब उसको यात्रा निश्चित भएको छ,’ उनले भने- ‘एसिया कपमा सन्दीपको उपस्थिति निकै महत्त्वपूर्ण छ । सिंगो देशको भरोसा सन्दीपमाथि छ । सन्दीपको इन्ट्रीले नेपाली टीमले पूर्णता पाएको छ ।’ पाकिस्तान र भारतसँगको खेलमा नेपाली टिमले सुखद परिणाम ल्याउने उनले आशा व्यक्त गरे ।

सन्दीपले पाकिस्तान र भारतसँग खेल्न आफू उत्साहित रहेको बताए । आफू पूर्ण रूपमा फिट रहेको र टिममा घुलमिल हुन समय नलाग्ने पनि उनले प्रष्ट पारेका थिए । ‘टिमले राम्रो पर्फमेन्स गरिरहेको छ । म यहाँ आफैँले एक्लै पनि प्राक्टिस गरिरहेको थिएँ । खेल्नका लागि रेडी छु र फिट पनि छु । एसिया कपमा राम्रो गर्ने आशा छ,’ उनले भने- ‘लाइफमा टफ टाइम भइरहेको छ, तर आफैँले सबै म्यानेज गर्नुपर्ने हुन्छ । जाने बित्तिकै टिमसँग घुलमिल हुन मलाई समय लाग्दैन । सबै जना राम्रो फर्ममा हुनुहुन्छ । म पनि निरन्तर प्रयास गरिरहेको छु ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...