अब उत्पादनमूलक उद्योगले चार करोडसम्म पाउने

 

काठमाडौं: चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन-२०७९ संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार मार्गदर्शन संशोधन गर्दै चालू पुँजी कर्जाको सीमा बढाएको हो ।

 

केन्द्रीय बैंकका अनुसार अब उत्पादनमूलक उद्योगले अधिकतम चार करोडसम्म चालु पुँजी कर्जा पाउने भएका छन् । यसअघि मार्गदर्शनले यस्तो कर्जाको सीमा दुई करोडसम्म पाउने गरी सीमा निर्धारण गरेको थियो । यसका विरुद्ध उद्योग व्यवसायीहरूले निरन्तर दबाब दिएपछि केन्द्रीय बैंकले मार्गदर्शन संशोधन गर्दै कर्जाको सीमा बढाएको हो ।

 

‘संशोधित मार्गदर्शन अनुसार फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल  दुई करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा चार करोडसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि एक वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरण योग्य हुनेछ ।

 

तर, इजाजतपत्र प्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कनभर्जन साइकल, डेज् सेल्स आउटस्ट्यान्डिङ, इनभेन्टरी कन्भर्जन पिरेड, लिड टाइम, अकाउन्ट पेबल पिरेड आदिको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरू उल्लेख गरी अनुमानित वार्षिक कारोबार बिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन् मार्गदर्शनमा भनिएको छ ।

 

चालू पुँजी कर्जाको सीमा निर्धारणको हकमा समग्र बैंकिङ्ग प्रणालीबाट कुल एक करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल तीन करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन । यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जा सम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्नेछ ।

 

Nishana Seving AD

Alice Education home sports
आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

वि.सं.२०८० फागुन १३ आइतवार १७:२६

  काठमाडौं: कवि अमरदीप सुनुवारको एकल कविता वाचन कार्यक्रम सम्पन्न...

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एनएफपिजे, नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै {फोटो झलकसहित}

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एनएफपिजे, नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै {फोटो झलकसहित}

वि.सं.२०८० फागुन १३ आइतवार १६:५७

  काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले आगामी चैत्र...

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

वि.सं.२०८० फागुन १३ आइतवार ०८:०९

  काठमाडौं: सरकारले आजदेखि जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा...

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

वि.सं.२०८० फागुन १३ आइतवार ०७:४५

  काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग...

प्यालेस्टाइनलाई हराउँदै नेपाल बन्यो समुह विजेता

प्यालेस्टाइनलाई हराउँदै नेपाल बन्यो समुह विजेता

वि.सं.२०८० फागुन १३ आइतवार ०७:०८

  काठमाडौं:  वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बन्दै...

हेर्नुहोस् आज २०८० फागुन १३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० फागुन १३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८० फागुन १३ आइतवार ०६:३७

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...