YouTube Link

केपी ओली जस्तो गौरवशाली व्यक्तित्वको विकल्प खोज्ने बेला भएको छैन

World Cup 2026
Facebook Link
vision

नेकपा एमालेले आफ्नो सचिवालय बैठक तत्कालिन मालेको चौथो महाधिवेशन सम्पन्न गरेको सिरहाको विष्णुपुरकट्टीमा गर्ने भएको छ । चौथो महाधिवेशनको सम्झनामा इतिहास र विरासतलाई जोड्नेगरी ३४ वर्षपछि उक्त स्थानमा एमालेले सचिवालय बैठक गर्दैछ । यही स्थानमा तत्कालिन मालेको चौथो महाधिवेशन २०४६ भदौ ९ देखि शुरु भएर १४ गते सम्पन्न भएको थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उक्त स्थानमा स्मारकको शिलान्यास गर्ने कार्यक्रम पनि एमालेले राखेको छ ।

 

सो स्थान नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्तै महत्वपूर्ण छ । जहाँबाट नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ ‘कालमार्क्स’ जन्माएको थियो । अहिले पनि नेकपा एमालेले यही स्थानमा सचिवालय बैठक राख्नु आफैमा महत्वपूर्ण छ । नेपालको कम्युनिष्ट आन्दोलन अनेक आरोह–अवरोहबीच अघि बढिरहँदा सिरहाको विष्णुपुरकट्टीमा हुने सचिवालय बैठकले निश्चय नै नेपालको कम्युनिष्ट आन्दोलन र नेपालको सिंगो राजनीतिलाई दिशाबोध गर्ने नयाँ सन्देश प्रवाह गर्ने आशा लिन सकिन्छ । जस्ले यो सचिवालय बैठकलाई चीरकालसम्म स्मरण गरिरहोस ।

 

 

अहिले पनि नेकपा एमाले र एमालेको नेतृत्वमाथि चौतर्फी हमला भईरहेको छ । विभिन्न आरोह–अवरोहहरु छिचोल्दै नेकपा एमालेलाई नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह मात्र होईन नेपाली राजनीतिको मुलधारको प्रमुख पार्टीको रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न ढंगले प्रहार भईरहेको छ । त्यसो त एक स्वप्नद्रष्टा, राष्ट्रवादी र दरिलो अडान, विकास निर्माण र समृद्धिप्रतिको भोक र नेतृत्व तथा दृढसंकल्पका कारण राजनेताका रुपमा रहनुभएका केपी ओलीबाट तर्सिएर चाहे उहाँ पार्टी अध्यक्ष हुँदा होस वा प्रधानमन्त्री हुँदा, नेपालका कुलिनवर्ग र तरमारा समुदाय, तथा उनीहरुद्धारा पालितपोषित कथित बुद्धीजिवी, लेखक र मिडियाकर्मीले निरन्तर र नियोजित रुपमा अनेक हल्ला चलाउँदै आउनु उनीहरुको दैनिकी जस्तै बनेको तथ्य सबैका सामु जगजाहेर नै छ । अध्यक्ष केपी ओलीका बिरुद्ध विभिन्न कुप्रचार गरेर एउटा भाष्य निर्माण गर्न खोजिएको छ । तर पनि विपक्षी दलको नेता भएपनि अहिले नेपालको राजनीति केपी ओलीकै वरीपरी घुमिरहेको छ । र, नेपालको राजनीतिको केन्द्र भागमा उहाँ नै हुनुहुन्छ । यसैले पनि बिरोधी शक्ति र समूह तर्सिरहेका हुनसक्छन् ।

 

त्यसबेला नेकपा एमालेमाथि खुल्लामञ्चमा केही पार्टीका नेताहरुले खुलेआम ‘न पोथी, न भाले’ भन्दै आक्षेप लगाईरहेका थिए । तर त्यो महाधिवेशनले अध्यक्षमा केपी ओलीलाई निर्वाचित गरेपछि नेकपा एमालेले सफलताको शिखरमा पाइला राखेन मात्र नेपालको राजनीतिको केन्द्रभाग बन्न पुग्यो । हुन त जतिवेला नवौँ महाधिवेशन हुँदै थियो त्यतिबेला ओली बिरामी हुनहुन्थ्यो । सबै प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने परिस्थिति थिएन । त्यसबेला कतिपय मानवीय संवेदना च्यूत भएका ब्यक्तिहरुले उहाँका विषयमा अनेक अनर्गल र भ्रामक प्रचार पनि गर्न भ्याए । पार्टी निर्माणमा सँगसँगै जेलनेल भोगेका,रगत पसिना सिंचित गरेका नेताहरु नै तल्लो तहमा झरेर लासमाथि राजनीति गरेको,‘कोमा’मा रहेको व्यक्तिलाई अध्यक्ष बनाउन लागेको भन्दै यो पंक्तिकारसामु भनेको अहिले पनि स्मृतिमा झलझली ताजै छ ।

 

जतिबेला काठमाडौको भृकुटीमण्डपमा नेकपा एमालेको नवौँ महाधिवेशन हुँदै थियो । त्यसबेला नेकपा एमालेमाथि खुल्लामञ्चमा केही पार्टीका नेताहरुले खुलेआम ‘न पोथी, न भाले’ भन्दै आक्षेप लगाईरहेका थिए । तर त्यो महाधिवेशनले अध्यक्षमा केपी ओलीलाई निर्वाचित गरेपछि नेकपा एमालेले सफलताको शिखरमा पाइला राखेन मात्र नेपालको राजनीतिको केन्द्रभाग बन्न पुग्यो । हुन त जतिवेला नवौँ महाधिवेशन हुँदै थियो त्यतिबेला ओली बिरामी हुनहुन्थ्यो । सबै प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने परिस्थिति थिएन । त्यसबेला कतिपय मानवीय संवेदना च्यूत भएका ब्यक्तिहरुले उहाँका विषयमा अनेक अनर्गल र भ्रामक प्रचार पनि गर्न भ्याए । पार्टी निर्माणमा सँगसँगै जेलनेल भोगेका,रगत पसिना सिंचित गरेका नेताहरु नै तल्लो तहमा झरेर लासमाथि राजनीति गरेको,‘कोमा’मा रहेको व्यक्तिलाई अध्यक्ष बनाउन लागेको भन्दै यो पंक्तिकारसामु भनेको अहिले पनि स्मृतिमा झलझली ताजै छ । तर, कार्यकर्ताको अगाध माया र विश्वास, निराश र शिथिल बनेको पार्टीपंक्तिको सुदूर भविष्यप्रति दृढसंकल्प, पार्टीलाई शसक्त र स्पातिलो बनाउने अभिलाषाका कारण उहाँलाई अध्यक्ष बन्नबाट कसैले रोक्न सकेन । जब उहाँ अध्यक्ष बन्नुभयो तव निराश कार्यकर्ताहरुले सु्न्दर भविष्य देख्न थाले, लिङ्ग नछुट्टिएको भन्दै कुर्लनेहरु एमालेको एजेण्डाकै वरीपरी आउन बाध्य हुनथाले, किनारामा पुगेको एमाले राजनीतिको केन्द्रभागमा पुग्न थाल्यो । यससँगै एमाले र नेतृत्वमाथि प्रहार पनि शुरु हुन थाल्यो ।

 

विगत तीन दशकमा मुलुकको अवस्था हेर्ने हो भने केपी ओली प्रधानमन्त्री भएको बेला मुर्झाएका सपना ब्युँताएर देशमै केही हुन्छ, केही गर्न सकिन्छ भन्ने आशाको संचार गर्ने देखि भुकम्पले थला परेको बेला, भारतले लगाएको नाकाबन्दीको डटेर सामना गर्ने विषय होस वा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अभियानकै रुपमा अघि बढेर पहलकदमी होस् यो कोही प्रधानमन्त्री हुँदा भएका होईनन् । नेपालमा धेरै प्रधानमन्त्री भए तर लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने आँट कसैले गर्न सकेनन् । ओलीले त्यो आँट मात्र गर्नुभएन, त्यो भूमि समेटेर नयाँ नक्सा नै जारी गर्नुभयो । र, यो विषयमा राष्ट्रलाई एकढिक्का बनाउनुभयो ।

 

यी केवल उदाहरण मात्र हुन । यस्ता विषयले नेकपा एमालेको साख बढायो भने जनतामा अझ लोकप्रिय बन्दै गयो । पछिल्लो पटक सरकार आफै सुनतस्करीलाई प्रोत्साहन गरिरहेका बेला एमालेको र एजेण्डामा देश एकजुट भएको छ । यो सबै दुरदर्शी, दृढईच्छाशक्ति र जनउत्तरदायी नेतृत्व भएकोले संभव भएको हो ।

 

केपी ओली नेतृत्वको एमालेको चढ्दो साख र बढ्दो लोकप्रियताका कारण विरोधीहरु तर्सिरहेका छन् । उनीहरुलाई केपी ओलीको नाम सुन्नासाथ सातो जान लागेको छ । २०८४ को आमचुनावलाई अर्जुनदृष्टि लगाउँदै पार्टी पंक्तिलाई परिचालित गर्दा होस् वा पार्टी सुदृढिकरणका लागि मिसन ग्रासरुट अभियान चलाएर होस् वा फरक भूगोलमा फरक नेतालाई जिम्मेवारी दिएर कृयाशिल बनाउने अध्यक्ष केपी ओलीको सोच र कार्य सफल बनेको मात्रै छैन उदाहरणीय पनि बन्न पुगेको छ ।

 

एमालेको संगठन सुदृढीकरण तथा सदस्यता बृद्धि अभियान र पार्टी जिम्मेवारी दिने अभ्यास नेपाली कांग्रेस र माओवादी केन्द्रले सिको गर्दै त्यही अनुसार नै निर्णय गरेका छन् । यसले पनि एमाले र एमाले नेतृत्वको दुरदर्शिता देखाउँछ । नेकपा एमालेको संगठन संचालनको शैली,पार्टीभित्रको एकमना एकताले गर्दा अझ बलियो, प्रशिक्षणले बैचारिक सुस्पष्टता र प्रगतिशिलता प्रदान गरेको छ । यसले गर्दा बिरोधी शक्तिहरु तिल्मिलाएका छन् । एमालेको बढ्दो लोकप्रियताबाट तर्सिएका देशी विदेशी शक्तिहरु अहिले पनि एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर तानावाना बुनिरहेका छन् । यस्ता षड्यन्त्रकारी जालमा जानेर वा अनजानमा कतिपय पार्टीका नेताहरु पनि बेलाबेलामा झुक्किन पुगेको पाईन्छ । विरोधी शक्तिहरु नेकपा एमालेमा आगो झोसेर स्वार्थको रोटी सेकाउन सकिन्छ कि भनेर अहिले पनि प्रयत्नशील छन् । ओलीप्रति खराव भाष्य निर्माण गरेर वा खुईल्याएर एकताबद्ध एमालेलाई खल्बल्याएर फेरी पनि एमालेमा विवाद बिजारोपण गर्न खोजिदैछ भन्ने आभाष हुन थालेको छ ।

 

यसका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई उछाल्न थालिएको छ । लामो समय योगदान गरेको र दुई–दुई पटक देशको राष्ट्रपति भइसकेको उहाँ सबैको सम्मानित व्यक्तित्व हुनुहुन्छ । अहिले मात्र होईन राष्ट्रपतिबाट बिदा हुने बेलामा आयोजित दलका नेताहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले सकृय राजनीतिमा फर्कन उचालेको प्रसंग र अहिले नियोजित रुपमा उहाँलाई विवादमा तान्नेगरी एमालेको सकृय राजनीतिमा आउन गरिएका ‘पुसअप’दाँजेर हेर्नु जरुरी छ । अहिले केपी ओली जस्तो गौरवशाली व्यक्तित्वको विकल्प खोज्ने बेला भएको छैन, कसैले कल्पना पनि गरेको छैन । न त संभव नै छ । किनकि, महाधिवेशन आउन अझ तीन वर्ष बाँकी नै छ । त्यसपछि उहाँको स्वास्थ्य अवस्था, कृयाशिलता, कार्यकर्ताका भावना र परिस्थितिले निर्माण गर्ने विषय हुन् । त्यसमाथि स्वयम् उहाँको ईच्छा अवस्था के हुने त्यसमा निर्भर रहन्छ । नेतृत्व रहर वा चाहना बाजा बजाएर हुँदैन । अर्को केही समय केपी ओलीको चाहनाभन्दा बाहिर नेकपा एमालेमा केही हुने देखिदैन, परिस्थितिले यस्तो निर्माण गरेको छ ।

 

जहाँसम्म निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंग छ । उहाँ सम्मानित व्यक्तित्व नै हो । पार्टीमा लामो समय संघर्ष गरेको पार्टी निर्माणमा लगानी गरेको व्यक्ति हो । र, निर्विवाद पनि । तर उहाँलाई कसैले उछालेर वा मिडियाबाजी, प्रोपोगाण्डा गर्न जरुरी देखिदैन । परिस्थितिले सकृय राजनीतिमा फर्कन आग्रह गर्न पनि सक्छ । त्यो बेग्लै पक्ष हो । तर मुलतःदुईवटा कुराले निर्धारण गर्छ । एक- उहाँ स्वयमको ईच्छा र चाहना । र, दोस्रो– अध्यक्ष केपी ओलीको ईच्छा र चाहना । यो दुई विषयभन्दा अन्य पक्षले टाउको फुटाएपनि केही हुने देखिदैन । तर, अहिले उहाँलाई देखाएर एमालेमा ‘कुछ’ गर्न सकिन्छ कि भनेर गरेको प्रयोग मात्र देखिन्छ । यसमार्फत बिरोधीहरुले गरेको यो दुस्प्रयास चियाको कपमा तुफान ल्याउनु सरह नै हुनेछ । साथै यो वेमौसमी बाजा बजाउन अहिले जरुरी छैन ।

 

इतिहास केलाउदा मदन भण्डारीपछि पार्टीले एक कुशल र दुरदर्शी नेतृत्व पाएको छ । अहिले एमालेमा बिचार र व्यक्तित्व मिलेको तथा नीत र नेतृत्वको संयोजन भएको स्पष्ट देखिन्छ । जुन नेतृत्व एमालेको मात्र होईन सिंगो देशको राजनेताका रुपमा स्थापित छ ।

 

केपी ओली नेतृत्वको एमालेको चढ्दो साख र बढ्दो लोकप्रियताका कारण विरोधीहरु तर्सिरहेका छन् । उनीहरुलाई केपी ओलीको नाम सुन्नासाथ सातो जान लागेको छ । २०८४ को आमचुनावलाई अर्जुनदृष्टि लगाउँदै पार्टी पंक्तिलाई परिचालित गर्दा होस् वा पार्टी सुदृढिकरणका लागि मिसन ग्रासरुट अभियान चलाएर होस् वा फरक भूगोलमा फरक नेतालाई जिम्मेवारी दिएर कृयाशिल बनाउने अध्यक्ष केपी ओलीको सोच र कार्य सफल बनेको मात्रै छैन उदाहरणीय पनि बन्न पुगेको छ ।

 

मुलुककै एक टावर पर्सनालिटी पार्टीको नेतृत्वमा हुनु आम कायर्कर्ताका लागि निकै गौरवपूर्ण कुरा हो । त्यसोत माधव नेपालले नेतृत्व गर्दा होस् वा नेकपा कालमा होस् केपी ओलीलाई कत्लेआम गर्ने प्रयासहरु नभएका होईनन् तर ती सबै उतारचढाब र चुनौतीका पहाड चिर्दै सतिसाल जस्तै बनेर उहाँ अगाडी बढ्नुभयो । केपी ओलीलाई कसरी गलाउने, कसरी तर्साउने र कसरी गलहत्याउने अनेक छलछाम र षड्यन्त्र भए तर तिनलाई समाना गर्दै पार्टी र देशका लागि उहाँ निष्ठापूर्वक अघि बढ्नुभयो । जसले गर्दा अहिले एमालेजनले छाती फुलाएर हिड्न पाएका छन् ।

 

नेपाली राजनीतिमा अझ वाम आन्दोलनमा विग्रह, विभाजन र एकता पहिलेदेखि प्रकृया बनेको छ । राजनीतिक दलको जीवनमा यी घटना पुनरावृत्ति भईरहन्छ नै । नेकपा एमालेलाई मुलुककै पहिलो शक्ति बनाउन अझ धेरै मेहेनत गर्न भने जरुरी छ । तर नेपालको राजनीतिमा पृथक प्रभाव र हस्ताक्षर बनाउन सफल केपी ओलीको नेतृत्व नेकपा एमालेको लागि त अपरिहार्य छदैछ । त्यसमाथि देशको लागि पनि छ । तर अहिले पनि उहाँमाथि निरन्तर र नियोजित रुपमा प्रहार र आक्रमण भईरहेको छ । त्यसले यो कुराको संकेत गर्छ कि ‘केपी ओलीलाई हिर्काउँदा उहाँ मात्र होईन, नेकपा एमाले कमजोर हुन्छ । नेकपा एमाले कमजोर हुँदा नेपालको राजनीति कमजोर हुन्छ र अस्थिरता सिर्जना गर्न सकिन्छ ।

 

नेपालको राजनीतिक कमजोर र अस्थिर हुँदा प्रकारान्तरले नेपाललाई असफल राष्ट्र बनाउन सकिन्छ भन्ने केही शक्तिको ठम्याई छ । यही ठम्याईले काम गरेको देखिन्छ । राज्य असफलताको दिशातर्फ गईरहेको इन्डिकेटरले देखाईरहेका बेला यसले समाजलाई कता डोर्याउछ ? यसले लैजाने भनेको अराजकतातर्फ हो, जो आफैमा एक खतरनाक अवस्था हो । त्यसैले यो सबैबाट जोगाउन केपी ओलीकै नेतृत्व अपरिहार्य छ । यी यावत विषयमा ऐतिहासिक र विरासत बोकेको सिरहाको विष्णुपुरकट्टीमा बस्न लागेको नेकपा एमालेको ऐतिहासिक सचिवालयले गर्ने निर्णय पार्टी र देशका लागि कोशेढुंगा सावित हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...