YouTube Link

प्लेअफ खेलमा नेपालले आज युएईसँग खेल्दै

Facebook Link

 

काठमाडौं: जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा नेपालले आज युएईसँग खेल्दैछ । यो दुईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ ।

 

यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

 

नेपालले गत साता वेस्ट इन्डिजसँग खेलेको प्लेईङ-११ लाई आजको पनि खेलमा निरन्तरता दिने सम्भावना रहेको छ । नेपालको ओपनिङ जोडिका रुपमा कुशल भुर्तेल र आशिफ शेखको जोडि नै कायम रहने प्रवल सम्भावना रहेको छ ।

 

विश्वकप छनोटका यस अघिका खेलमा देखाएको लयलाई उनीहरुले आजको खेलमा पनि जारी राख्ने अनुमान गरिएको छ । तेस्रो नम्बरमा युवा ब्याटर भीम सार्कीले मौका पाउने सम्भावना रहेको छ । छोटो समयमा नै राष्ट्रिय टोलीमा राम्रो छाप छोड्न सफल भीमबाट टोलीले सदा झैं उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्ने छ ।

 

चौथो नम्बरमा ओडिआई क्रिकेटमा नेपालका लागि सर्वाधिक सफल ब्याटर तथा कप्तान रोहित पौडेलले मौका पाउने सम्भावना रहेको छ । रोहितको एकदिवसीय क्रिकेटमा निरन्तर रहेको उत्कृष्ट प्रदर्शनको आज पनि अपेक्षा रहने छ ।

 

पाँचौं स्थानमा नेपालका आरिफ शेख रहने सम्भावना छ भने छैटौं स्थानमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहने सम्भावना छ । दीपेन्द्र एकदिवसीय ब्याटिङमा पछिल्लो समय खास उल्लेखनिय प्रदर्शन गर्न असक्षम देखिएका छन् ।

 

अलराउन्डर कुशल मल्ल सातौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटिङ सहित स्पिन बलिङको समेत क्षमता रहेका मल्ल विशेष त लामो सट खेल्न पोख्त छन् । अर्का अलराउन्डर गुलसन झाले आठौं नम्बरमा स्थान बनाउने सम्भावना रहेको छ । राम्रो ब्याटिङ कला तथा तिव्र गतिको बलिङका लागि चिनिएका झाबाट ब्याटिङमा राम्रो फिनिशको अपेक्षा रहने छ ।

 

अर्का तिव्र गतिका बलर करण केसी नवौं नम्बरमा रहने सम्भावना रहेको छ ।  दशौं नम्बरमा नेपाली टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने रहने सम्भावना छ । एघारौं नम्बरमा स्पिनर ललित नारायण राजवंशीले मौका पाउने सम्भावना रहेको छ ।

 

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...