YouTube Link

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्ने

Facebook Link

 

काठमाडौं: भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपमा आयोजक भारत फाइनलमा प्रवेश गरेको छ । लेवननलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारत फाईनलमा पुगेको हो ।

 

भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । कुवेतले बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको थियो ।

 

शनिबार बैंगलरको कान्तिरभा रंगशालामा भएको भारत र कुवेतबीचको खेल निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकेरमा धकेलिएको थियो । टाइब्रकेरमा भारतका सबै ४ खेलाडीले गोल गर्दा लेवननका दुई खेलाडी गोल गर्नबाट चुकेका थिए ।

 

लेवननका कप्तान हसन माटुकको पहिलो प्रहारलाई नै भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले रोकेका थिए । चौथो पेनाल्टीमा खलिल बदरको प्रहार आकाशिएको थियो । वालिद स्वर र मोहम्मद सादेक मात्र लेवननका लागि पेनाल्टीमा गोल गर्न सफल भए ।

 

भारतका लागि भने कप्तान सुनिल क्षेत्री, अनवर अली, महेश सिंह र उदान्त सिंहले गोल गरेका थिए । निर्धारित समय र थप समयमा दुबै टोलीले गोलका लागि अवसर पाएपनि सफलता भने प्राप्त गर्न सकेनन् ।

 

उपाधिका लागि भारत र कुवेतबीच मंगलबार फाइनल खेल हुने छ । समूह चरणमा भारत र कुवेत एकै समूहमा थिए । समूह चरणको अन्तिम खेल १-१ को बराबरीमा टुंगिएपछि कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल पुगेको थिए ।

 

समूह चरणमा भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानलाई हराएका थिए । साफको १४औं संस्करणमा आइपुग्दा भारत नवौं पटक उपाधि जित्ने प्रयासमा हुनेछ । दक्षिण एसिया बाहिरका कुवेत र लेबननले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिएका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...