Rastriya Banijya Bank

नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको सीआईबीको निष्कर्ष

 

काठमाडौं: नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ ।

 

सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्दा चल्ने अवस्था रहेको बताए । ‘त्यसमा खेलाडी, म्यानेजर, अफिसियल जो पनि हुन सक्छन्,’ एआईजी सुवेदीले भने । सुवेदीले स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए ।

 

राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएपछि प्रतियोगिता चरम विवादमा परेको थियो । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका अधिकारी प्रतियोगिताको बीचमै घर फर्किएका थिए ।

 

प्रतियोगितामा सहभागी सबै ६ टोलीका खेलाडीले पारिश्रमिक पाएका छैनन् । एक खेलाडीका अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले ६ महिनाभित्र पारिश्रमिक उठाई दिने प्रतिबद्धता जनाएको छ ।

 

टेन्डर प्रकृया बिना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० आठ वर्षका लागि आयोजना गर्न दिइएपछि सुरुवातदेखि नै यो प्रतियोगिता विवादमा परेको थियो । सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेकाको नाम गोप्य राखेको छ ।

 

प्रतियोगितामा एन्टी करप्सन हेरिरहेको युनिटले उनीहरुलाई स्पट फिक्सिङबारे रिपोर्ट गरेको थियो । प्रतियोगिता दौरान शंकास्पद व्यवहार गर्नेलाई तत्कालै जिम्मेवारीबाट हटाइएको क्यानको दावी छ । सीआईबी स्रोतका अनुसार सेभेन थ्री स्पोर्टसका अधिकारीविरुद्ध पनि मुद्द चल्न सक्ने स्थिति रहेको छ ।

 

Nishana Seving AD

Alice Education home sports
Umakunda Gaun Palika AD
हेर्नुहोस् आज २०७९ माघ २२ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०७९ माघ २२ गते आईतबार तपाईको राशिफल

वि.सं.२०७९ माघ २२ आइतवार ०५:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

मूल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध

मूल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध

वि.सं.२०७९ माघ २० शुक्रवार १६:४०

  चितवन: स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका...

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै

वि.सं.२०७९ माघ २० शुक्रवार ०८:४३

  काठमाडौं: बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आजबाट...

क्यानले ओडिआई सिरिजका लागि प्रशिक्षणबाट १० खेलाडी हटाउँदै सन्दीपलाई समेट्दै २० खेलाडीको नाम घोषणा

क्यानले ओडिआई सिरिजका लागि प्रशिक्षणबाट १० खेलाडी हटाउँदै सन्दीपलाई समेट्दै २० खेलाडीको नाम घोषणा

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:२७

  काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक...

हेर्नुहोस् आज २०७९ माघ २० गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०७९ माघ २० गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०७९ माघ २० शुक्रवार ०६:४८

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

सहसचिव सरुवाको सूची सार्वजनिक, को कहाँ ?

सहसचिव सरुवाको सूची सार्वजनिक, को कहाँ ?

वि.सं.२०७९ माघ १९ बिहीवार १६:२१

  काठमाडौं: सरकारले सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद्...