YouTube Link

उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

Facebook Link

 

काठमाडौं: माघ ७ गते हुने उपसभामुख निर्वाचनका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको छ ।

 

उपसभामुख निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । पार्टीबाट उपसभामुखमा उम्मेदवारी दिने कि नदिने, उम्मेदवारी दिँदा कसलाई अघि सार्ने भन्ने विषयमा सभापति देउवाले पदाधिकारीका सुझाव लिइरहेका छन् ।

 

कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई सभामुख उम्मेदवार बनाएको थियो । न्यौपानेलाई एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेका थिए । बिहीबार भएको निर्वाचनमा उनी पराजित भइन् भने सत्ता साझेदार दलको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख चयन भएका थिए ।

 

कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग पनि छलफल गरी उम्मेदवार तय गर्ने तयारी गरेको छ । सत्ता साझेदार दलभित्र भने उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने सम्भावना छ । उक्त पार्टीको संसदीय दल बैठकले इन्दिरा राना मगरलाई उपसभामुख पदमा उठाउने निर्णय गरेको छ ।

 

सत्ता गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारबीच शनिबार दिउँसो १ बजे प्रतिनिधि सभामा उपसभामुखमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...