YouTube Link

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता

नेपालसँग समग्रमा अल्मुताइरीको नतिजा ११ खेलमा ३ जित, २ बराबर र ६ हार

Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् ।

 

बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको जानकारी दिएका हुन् ।

 

उनले नेपाल फर्किन सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिएका छन् । यस्तै, उनले नेपाली फुटबलका लागि आगामी २ वर्षको योजना बनाएको पनि जानकारी दिएका छन् ।

 

उनले आफू र आफ्नो खेलाडीलाई नेपाली फ्यानहरूको साथ र माया चाहिएको पनि बताएका छन् । यता, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्रशिक्षक अल्मुताइरीसँग नयाँ सम्झौता भएको जानकारी दिए ।

 

यसअघि अल्मुताइरीसँग एक वर्षको सम्झौता गरेपनि एन्फाले खुलाएको थिएन । गत महिना सम्पन्न साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेल सकिएपछि अल्मुताइरीले आफूले एक महिना अगाडि नै राजीनामा दिएको खुलासा गरेका थिए ।

 

सन् २०२१ को मार्चमा नेपाल आएका अल्मुताइरीले नेपाललाई गत महिना सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए । नेपाल इतिहासमा पहिलोपटक साफको फाइनलमा पुगेको थियो ।

 

उनको नेतृत्वमा नेपालले जेठमा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि, नेपाली फुटबल टोलीले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेविरुद्ध विश्वकप तथा एसियन कप छनोटको समूह चरण खेल उनकै नेतृत्वमा खेलेको थियो ।

 

यस्तै, भारतविरुद्ध भदौमा दुई मैत्रीपूर्ण खेल र गत साता साफ च्याम्पियनसिपका ५ खेल खेलेको थियो । इराकविरुद्धको मैत्रीपूर्ण खेल ६–२ ले गुमाएको नेपालले छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो ।

 

अष्ट्रेलिया र जोर्डनविरुद्धको खेल नेपाल समान ३–० ले पराजित भएको थियो ।

 

भारतविरुद्ध दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–१ को बराबरी खेलेको थियो । यस्तै, दोस्रो खेलमा २–१ ले पराजित भएको थियो ।

 

साफमा सुरुवाती दुई खेलमा माल्दिभ्सलाई १–०, श्रीलंकालाई ३–२ ले पराजित गरेको नेपालले अर्को खेल भारतसँग १–० ले गुमाएको थियो ।

 

राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको थियो ।

 

तर, नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपालसँग समग्रमा अल्मुताइरीको नतिजा ११ खेलमा ३ जित, २ बराबर र ६ हार रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...