शेयर बजारमा साप्ताहिक कारोबारको चोथौ दिन पनि लगातार लाग्यो उकालो
वि.सं.२०७८ कात्तिक १० बुधवार १७:०१
2K
shares
काठमाडौं: शेयर बजारमा लागातार चौथो दिन पनि उकालो लागेको छ ।
साप्ताहिक कारोबारको चोथौ समेत रहेको आज (बुधबार) शेयर बजार परिसूचक (नेप्से) १८.०६ अंकले उकालो लागेर २७६९.१३ को विन्दुमा पुगेको छ ।
आज (बुधबार) बजार ०.६६ प्रतिशतले बढ्दा कारोबार रकममा समेत सुधार देखिएको छ । अघिल्लो सातासम्म २ देखि ३ अर्बमा सीमित हुँदै आएको दैनिक शेयर करोबार आज (बुधबार) भने साढे ६ अर्बभन्दा माथि रह्यो ।
आज (बुधबार) बजारमा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भयो ।
आज (बुधबार) जीवन बिमा समूहको उपसूचक सबैभन्दा बढी बढेको छ । बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक समेत उकालो लाग्यो ।
होटेल तथा पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक भने ओरोला लाग्यो ।
आज (बुधबार) बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए। बेस्ट फाइनान्स को बेयर ८.६८ प्रतिशतले बढेर ५८० रुपैयाँ पुग्यो ।
आज (बुधबार) एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले पनि बढी कमाए ।
वि.सं.२०७८ कात्तिक १० बुधवार १७:०१




















