अंशु फातीले रायो भालेकानोसँगको खेल गुमाउने
वि.सं.२०७८ कात्तिक १० बुधवार १४:४३
1.6K
shares
एजेन्सीः बार्सिलोनाका युवा स्टार अंशु फातीले घुँडाको चोटका कारण ला लिगामा आज राति हुने रायो भालेकानोसँगको खेल गुमाउने भएका छन् ।
दायाँ घुँडामा समस्या भएपछि फातीले भालेकानोसँगको खेल नखेल्ने बार्सिलोनाले जनाएको छ ।
बार्सिलोनाले भालेकानोसँग खेल्ने टोलीमा फातीलाई पनि समावेश गरेको थियो ।
तर अब उनी टिममा नहुने क्लबले जनाएको छ । साथै उनी कहिले मैदान फर्कने भन्ने पनि यकिन छैन ।
यसअघि फाती चोटका कारण करिब एक वर्ष मैदान बाहिर रहेका थिए ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ कात्तिक १० बुधवार १४:४३



















