च्याम्यिन्स लीगको फाइनल टर्कीको इस्तानबुलबाट पोर्चुगल पोर्टोमा सारियो
वि.सं.२०७८ वैशाख ३० बिहीवार १७:५२
1.2K
sharesएजेन्सीः यूईएफए च्याम्यिन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा नभई पोर्चुगलको पोर्टोमा हुने भएको छ ।
च्याम्यिन्स लिगको फाइनल मे २९ मा म्यानचेस्टर सिटी र चेल्सीबीच फाइनल म्याच इस्तानबुलमा हुनुपर्ने थियो ।
टर्कीलाई इंग्ल्यान्डले कोभिडको रेड लिस्टमा राखेपछि फाइनल अन्तै गर्ने कुरा उठ्यो ।
इंग्ल्यान्डकै वेम्ब्लीमा म्याच गर्न खोजिएको भए पनि कुरा नमिलेपछि अब पोर्टोमा गरिने भएको हो ।
पोर्टोको इस्टाडियो डो ड्रागाओमा हुने खेलका लागि दुवै टोलीलाई ६–६ हजारवटा टिकट दिइनेछ ।
पोर्चुगल इंग्ल्यान्डको ग्रीन लिस्टमा भएकाले सिटी र चेल्सीका प्रशंसकहरू क्वारेन्टीनमा नबसिकनै खेल हेर्न पाउनेछन् ।
भने खेलाडीहरूका लागि कोभिडको कुनै लफडा छैन ।
निश्चित संख्याका प्रशंसकहरूलाई स्टेडियममा सहभागी हुन दिने र अधिकारी, मिडिया र स्पोन्सरहरूका लागि यात्रा अनुमति दिने विषयमा
सहमति बनेपछि यूईएफएले पोर्टोमा खेल गराउन सहमति जनाएको हो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ वैशाख ३० बिहीवार १७:५२