YouTube Link

सिरी ‘ए’ मा शीर्ष क्लब इन्टर र एसी मिलान विजयी

Facebook Link

एजेन्सी: सिरी ‘ए’ मा शीर्ष क्लब इन्टर र एसी मिलान विजयी इन्टर मिलानले जेनोवालाई ३–० ले पराजित गरेको छ ।

जितसँगै सिरी ‘ए’मा इन्टरले शहरी प्रतिद्वन्द्वी एसी मिलानसँग चार अंकको दुरी कायम राखेको छ ।

लुकाकुको गोलबाट इन्टरले ३२ सेकेन्डमै अग्रता लिएको थियो ।

सिरी ‘ए’मा लुकाकुको लिगमा यो १८औं गोल हो ।

६९औं मिनेटमा लुकाकुकै पासमा माटेयो डरमैनले अग्रता दोब्बर बनाए ।

खेल सकिन ११ मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडी एलेक्स सान्चेजले अर्को गोल थपेपछि इन्टरको जित पक्का भएको थियो ।

जितपछि इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहको एसी मिलानले पनि समान खेलबाट ५२ अंक जोडेको छ ।

मिलानले गएराति नै पाँचौं स्थानको एएस रोमालाई २–१ ले पराजित गरेको थियो ।

मिलानले फ्रांक केसिईको पेनाल्टी गोलबाट ४३औं मिनेटमा अग्रता लिएको थियो ।

५०औं मिनेटमा जोर्डन भेरेटआउटले बराबरी गोल फर्काए ।

त्यसको आठ मिनेटपछि एन्टे रेबिकले गरेको गोल मिलानको जितमा निर्णायक बन्यो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%9c%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%bf-%e0%a4%b2%e0%a4%bf/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...