एएफसी ‘बी’ लाइसेन्स कोर्षमा २४ प्रशिक्षक सहभागी
वि.सं.२०७७ फागुन १७ सोमवार ११:३४
1.9K
shares
काठमाडौं: राष्ट्रिय फुटबल टोलीका पूर्व स्टारहरु सहित २४ जनाले एएफसी बी लाइन्सको कोर्षमा सहभागिता जनाएका छन् ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आयोजना गरेको कोर्षमा राष्ट्रिय टोलीका पूर्व खेलाडीहरु २४ जनाले एएफसी ‘बी’ लाइसेन्स कोर्ष पूरा गरेका थिए ।
तीन चरणमा भएको कोर्षको नतिजा भने केहि समयपछि मात्र घोषणा हुनेछ ।
२०२० डिसेम्बर २० देखि सुरु भएको कोर्षको पहिलो चरणमा अनलाइन माध्यमबाट सैद्धान्तिक पढाइ भएको थियो ।
दोस्रो चरण र तेस्रो चरणको प्रयोगात्मक कक्षा भने फेब्रुअरीमा सम्पन्न भएको हो ।
विगतमा एएफसीबाट नै इन्स्ट्रक्टर आएर हुने गरेको कोर्षमा यसपटक प्राविधिक निर्देशक ग्यारी फिलिप्सले कोर्षको नेतृत्व गरेका थिए ।
एन्फा अन्तर्गत प्रशिक्षण शिक्षा विभागका संयोजक संजित सिंहका अनुसार अब सहभागी हरुले बुझाएको अन्तिम गृहकार्य पछि नतिजा आउनेछ ।
नेपालमा २५ ए लाइसेन्स, ७७ बी लाइसेन्स तथा १ सय ७२ सी लाइसेन्स प्रशिक्षक रहेका छन् ।
एन्फाले पछिल्लो समय प्राविधिक पाटो सुदृढ पार्ने लक्ष्य सहित प्रशिक्षक र रेफ्री कोर्ष आयोजना गर्न विशेष जोड दिँदै आएको छ ।
कोर्षमा सहभागीहरु
राजु तामाङ, जुमानु राई, भोलानाथ सिलवाल, विकास मल्ल, टोप विष्ट, सुमन श्रेष्ठ, विनम श्रेष्ठ, राजेश शाही, नरेश श्रेष्ठ, मानबहादुर तामाङ, आई घले , भगवती थापा, दीपक भुषाल, सरोज थापा, अमित खत्री, लक्ष्मण रुचाल, मीन बस्नेत, गंगा देउजा, हरि लामा, प्रविण श्रेष्ठ, रविन व्यञ्जनकार, राजन नेपाली, सन्दीप खड्का र श्रीप्रकाश वैद्य छन् ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन १७ सोमवार ११:३४


















