चौदण्डीगढी माथि वालिङको फराकिलो जित, रुथको ह्याट्रिक
वि.सं.२०७७ माघ २९ बिहीवार १४:४४
2.2K
shares
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज पहिलो खेलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङ नगरपालिकाले ७-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।
वालिङको जितमा मेथो ओडोइ रुथले ह्याट्रिकसहित ५ गोल गर्दा टौटा ओरनेलाले २ गोल गरिन्।
उता चौदण्डीका लागि अन्जना थुलुङले सान्त्वना गोल फर्काइन्।
पहिलो हाफमै वालिङका लागि रुथको ह्याट्रिक पुरा गरेकी थिइन् भने चौदण्डीकी थुलुङले गोल गरेकी थिइन्।
पहिलो हाफमा ३-१ ले अघि रहेको वालिङले दोस्रो हाफमा ४ गोल थपेको थियो।
आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर भिड्नेछन्।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ २९ बिहीवार १४:४४



















