ओल्डट्राफोर्डमै म्यानचेष्टर युनाइटेड स्तब्ध
वि.सं.२०७७ माघ १५ बिहीवार ११:०१
2K
shares
एजेन्सीः प्रिमियर लिगमा घरेलु मैदान ओल्डट्राफोर्डमै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड अंक तालिका पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग पराजित भएको छ ।
घरेलु मैदान ओल्डट्राफोर्डमै युनाइटेड शेफिल्डसँग २–१ ले पराजित भएको हो ।
यस सिजन शेफिल्डको यो दोस्रो जित हो ।
खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा शेफिल्डले अग्रता कायमै राख्यो ।
खेलको ६४ औं मिनेटमा युनाइटेडका ह्यारी मगुएरले बराबरी गोल फर्काए ।
७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि खेलमा गोल हुन सकेन र युनाइटेड घरेलु मैदानमा हार व्यहोर्न बाध्य भयो ।
हारपछि युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।
२० खेलबाट ४० अंकसहित युनाइटेड दोस्रो स्थानमै छ ।
युनाइटेडभन्दा एक खेल कम खेलेको लिग लिडर म्यानचेस्टर सिटी ४१ अंकसहित शीर्ष स्थानमा छ ।
युनाइटेडलाई स्तब्ध पारेको शेफिल्डले ८ अंक जोडेको छ र अझै अंक तालिकाको पुछारमा छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १५ बिहीवार ११:०१


















