YouTube Link

कोस्टाले एट्लेटिको छाड्ने, क्लबसँग भयो सहमति

Facebook Link

काठमाडौं : स्ट्राइकर डिएगो कोस्टाले स्पानिस क्लब एट्लेटिको मड्रिड छाड्ने भएका छन् । पारिवारिक कारण देखाउँदै कोस्टाले क्लब छाड्नका लागि एट्लेटिकोसँग प्रस्ताव राखेका थिए र एट्लेटिकोले यसमा सहमति जनाएको हो ।

 

कोस्टाले गत आइतबार औपचारिक अनुरोध गरेपछि एट्लेटिकोले डिएगो कोस्टासँग उसको सम्झौता समाप्त गर्न सम्झौता भएको कुरा पुष्टि गरेको छ ।

 

लस रोजिब्लान्कोसका समर्थकहरूले ३२ वर्षीय कोस्टालाई अन्तिम पटक इल्चेविरुद्ध कोस्टाको गोल हेरेका थिए भने रियल सोसिडाडविरुद्ध उनले वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

 

सन् २०२० कोस्टाका लागि राम्रो रहेन । उनले यही वर्ष हर्नियाको सामना गर्नुपरेको थियो जसले उनलाई महिनौंसम्म बाहिर राख्यो । यस्तै कोभिड(१९ पोजेटिभ देखिएपछि त्यसको साइड इफेक्टको रूपमा थ्रोम्बोसिस भएको थियो ।

 

अझ त्यो भन्दा खराब कुरा पारिवारिक कारणले गर्दा कोस्टाले सम्झौता सकिन ६ महिना अघि नै आफ्नो सम्झौता अन्त्य गर्न प्रस्ताव राख्नुपर्यो । जसलाई एट्लेटिकोले स्वीकार गरेको हो ।

 

यो घोषणापछि एट्लेटिकोमा कोस्टाको दोस्रो स्पेलको अन्त्य भएको छ । जुन पहिलो स्पेल भन्दा कम सफल रह्यो ।
सन् २०१४ मा चेल्सी जानुअघि कोस्टाले एट्लेटिकोका लागि १३४ खेलमा ६४ गोल गरेका थिए । तर लण्डनबाट म८रिड पर्केपछि भने उनले ८१ खेलमा जम्मा १९ गोल मात्र गर्न सफल भए ।

 

 

सन् २००६ मा १७ वर्षको उमेरमा एट्लेटिकोमा आबद्ध भएका कोस्टाले समग्रमा २१५ अफिसियल म्याच खेल्दै ८३ गोल गरे भने ३६ असिस्ट गरे । उनले एट्लेटिकोमा रहँदा सन् २०१३(१४ को सिजन ला लिगा जिते । यस्तै एक कोपा डेल रे, एक युरोपा लिग र दुई यूईएफए सुपर कपको उपाधि पनि जिते ।

 

क्लबले कोस्टालाई धन्यवाद दिँदै आगामी दिनको लागि शुभकामना दिएको छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...