YouTube Link

अर्को वर्ष बंगलादेशमा साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने

Facebook Link

काठमाडौं: साउथ एसियन फुटबल फेडेरेसन (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप अर्को वर्ष सेप्टेम्बरमा बंगलादेशमा गर्ने तयारी भएको छ  । साफ २०२१- १४ देखि २५ सम्म सेप्टेम्बरमा बंगलादेशमा हुने भएको छ ।

 

साफको सोमबार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको मिति लगायत विभिन्न निर्णय गरेको हो । साफ २०२१ सेप्टेम्बर १४ देखि २५ सम्म बंगलादेशमा हुने भएको छ । तर अर्को वर्ष हुने एएफसी क्वालिफायरको मितिलाई मध्यनजर गर्दै परिवर्तन हुन सक्ने सम्भावना पनि छ ।

 

बैठकमा साफ कंग्रेस, इलेक्ट्रोल कोड र २०२१ को प्रतियोगिताका बारेमा छलफल गरेको छ । यसका साथै बैठकले बजेट र अडिट रिपोर्टलाई पारित गरेको छ ।

 

साफको बैठकले विभिन्न युथ प्रतियोगिताको मिति पनि तय गरेको छ । जसअन्तर्गत साफ यू १६ साफ महिला च्याम्पियनसिप २०२१ अगष्ट १८ देखि २७ सम्म बंगलादेशमा हुने भएको छ । यस्तै साफ यू १९ महिला च्याम्पियनसिप जुलाई १३ देखि २२ सम्म हुनेछ भने यू १५ साफ अक्टोबर १ देखि १० सम्म हुनेछ ।

 

साफ यू १८ च्याम्पियनसिप अक्टोबर १५ देखि २४ सम्म हुनेछ ।साफ च्याम्पियनसिपको बाहेक अरु प्रतियोगिताको भेन्यु भने तय भएको छैन ।कोरोना महामारीका कारण यस वर्ष हुनुपर्ने साफ च्याम्पियनसिप लगायत युथ प्रतियोगिताहरु रद्द भएका थिए ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%ab%e0%a4%be-%e0%a4%85/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...