YouTube Link

राष्ट्रिय महिला क्रिकेटमा एपीएफ समूह विजेता

Facebook Link

दाङ: दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ए’को विजेता बनेको छ । राष्ट्रिय महिला क्रिकेटमा लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको एपीएफ समूहको सबै तीन खेल जित्दै समूह विजेताको हैसियतले सेमिफाइनल पुगेको छ ।

 

समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो भने पराजित लुम्बिनी समूहको उप-विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

 

अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता सँग खेल्नेछ भने लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग पुस १८ गते खेल्नेछ ।
लमही क्रिकेट मैदमनमा एपीएफले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

लुम्बिनीलाई कम स्कोरमा रोक्न बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १-१ विकेट लिए ।

 

त्यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभर खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । एपीएफका लागि ओपनरद्वय ज्योती पाण्डे र राजमति ऐरीले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।राजमति ११ रन बनाएर आउट भएपछि ज्योतीले दोस्रो विकेटका लागि इन्दुर बर्मासंग अर्धशतकिय साझेदारी गरिन् । यी दुईले ६२ रन जोडे ।

 

अर्धशतक बनाउन बाट १ रनले चुकेकी ज्योतीले एपीएफका लागि सर्वाधिक ४९ रन बनाए । उनले ५४ बल खेल्दै १ चौका प्रहार गरिन् । इन्दुले २८ रन योगदान गरिन् । सरीता मगर १० रनमा अविजित रहिन् । ममता चौधरीले ४ रन बनाइन् ।बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन। भने कृतिका मरासैनी र सरस्वती पुनले समान १ विकेट लिइन् ।

 

अब प्रतियोगितामा मंगलबारदेखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछन् । जसअन्तर्गत दिनको पहिलो खेलमा सुदूर पश्चिमले गण्डकी प्रदेशसंग र दोस्रो खेलमा बागमतीले प्रदेश १ सँग खेल्नेछ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%ac%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...