YouTube Link

राष्ट्रिय महिला क्रिकेटमा एपीएफ समूह विजेता

Facebook Link

दाङ: दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ए’को विजेता बनेको छ । राष्ट्रिय महिला क्रिकेटमा लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको एपीएफ समूहको सबै तीन खेल जित्दै समूह विजेताको हैसियतले सेमिफाइनल पुगेको छ ।

 

समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो भने पराजित लुम्बिनी समूहको उप-विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

 

अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता सँग खेल्नेछ भने लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग पुस १८ गते खेल्नेछ ।
लमही क्रिकेट मैदमनमा एपीएफले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

लुम्बिनीलाई कम स्कोरमा रोक्न बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १-१ विकेट लिए ।

 

त्यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभर खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । एपीएफका लागि ओपनरद्वय ज्योती पाण्डे र राजमति ऐरीले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।राजमति ११ रन बनाएर आउट भएपछि ज्योतीले दोस्रो विकेटका लागि इन्दुर बर्मासंग अर्धशतकिय साझेदारी गरिन् । यी दुईले ६२ रन जोडे ।

 

अर्धशतक बनाउन बाट १ रनले चुकेकी ज्योतीले एपीएफका लागि सर्वाधिक ४९ रन बनाए । उनले ५४ बल खेल्दै १ चौका प्रहार गरिन् । इन्दुले २८ रन योगदान गरिन् । सरीता मगर १० रनमा अविजित रहिन् । ममता चौधरीले ४ रन बनाइन् ।बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन। भने कृतिका मरासैनी र सरस्वती पुनले समान १ विकेट लिइन् ।

 

अब प्रतियोगितामा मंगलबारदेखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछन् । जसअन्तर्गत दिनको पहिलो खेलमा सुदूर पश्चिमले गण्डकी प्रदेशसंग र दोस्रो खेलमा बागमतीले प्रदेश १ सँग खेल्नेछ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%ac%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...