स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको कठिन जित
वि.सं.२०७७ असार १९ शुक्रवार १०:११
1.6K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई घरेलु मैदानमा १–० ले पराजित गरेको छ । रियलको जितमा कप्तान सर्जियो रामोसले ७९औं मिनेटमा पेनाल्टीमा गोल गरे । जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।
बराबरीतर्फ उन्मुख खेलमा गेटाफेका माथियास ओलिभरले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोसले पेनाल्टीमा गोल गर्न सफल रहे । च्याम्पियन्स लिग छनोटको दौडमा रहेको गेटाफेले राम्रो सुरुवात गरेको थियो ।
रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । गेटाफे ५२ अंक सहित छैटौ स्थानमा छ ।
वि.सं.२०७७ असार १९ शुक्रवार १०:११




















