ईङ्ग्लिश प्रिमियर लिगमा सेफिल्डसँग टोटनहम पराजित
वि.सं.२०७७ असार १९ शुक्रवार १०:०२
1.4K
shares
एजेन्सीः ईङ्ग्लिश प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाईटेडद्वारा टोटनहम ३–१ गोल अन्तरले पराजित भएको हो । बिहिबार राति सेफिल्डको घरेलु मैदान ब्रामल लेनमा भएको खेलमा टोटनहमबिरुद्ध जित निकाल्ने क्रममा सेफिल्डका लागि स्यान्डर बर्ज, लिस मुसेट र ओली म्याकबुर्नीले एक एक गोल गरे । यस्तै कप्तान ह्यारी केनले एक गोल फर्काएका थिए ।
टोटनहमले अधिकांश समय बल आफ्नो पक्षमा राखेको भएपनि सेफिल्डले पाएको अवसरलाई सदुपयोग गर्दै टोटनहमबिरुद्ध महत्वपूर्ण जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेको सेफिल्डले दोश्रो हाफमा दुई गोल थपेको थियो ।
जितसँगै सेफिल्डले दुई स्थान उक्लदै सातौ स्थानमा आएको छ । उसको ३२ खेलबाट ४७ अंक भएको छ भने ३२ खेलमा ४५ अंक रहेको टोटनहम एक स्थान तल झर्दै ९औं स्थानमा आएको छ ।
वि.सं.२०७७ असार १९ शुक्रवार १०:०२




















