बुन्डेसलिगामा लिग लिडर बायर्न म्युनिखको जित
वि.सं.२०७७ जेठ १४ बुधवार ०७:३९
1.5K
shares
एजेन्सीः जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले जित निकालेको छ । कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत मंगलबार राति बायर्नले बोरुसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल बायर्नको जितमा निर्णायक बनेको थियो । डर्टमण्डले समेत खेलमा केहि सुनौलो मौका गुमाएको थियो । उसका युवा स्टार अर्लिङ हालाण्डको केहि उत्कृष्ट प्रहारले पोस्ट जाली चुम्न सकेन ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दुरी समेत ७ अंकको बनाएको छ । बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक रहेको छ ।
वि.सं.२०७७ जेठ १४ बुधवार ०७:३९



















