YouTube Link

एसियाली विकास बैंकले दियो नेपाललाई ३० अर्ब सहुलियत ऋण

Facebook Link

काठमाडौं: एसियाली विकास बैंक (एडीबी)ले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उक्त परिमाणको सहुलियतपूर्ण ऋणले कोरोनाविरुद्ध लड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । यस सहुलियतपूर्ण ऋणबाट कोरोनाको महामारीसँग जुध्ने उपायलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गका लागि सामाजिक संरक्षणका कार्यक्रम विस्तार गर्दै तीव्र आर्थिक सुधारको चरणलाई तय गर्न सहयोग पुग्ने बैंकका अध्यक्ष मात्सुगु असकावाले जानकारी दिएका छन् ।

कोरोनाका कारणले हाल सार्वजनिक स्वास्थ्यमा समस्या देखिएको र नेपालको समग्र सामाजिक र आर्थिक विकासमा उल्लेखनीय असर पार्ने आशङ्का गर्दै उनले समन्वयपूर्ण तरिकाले बैंकले सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्नेसमेत उल्लेख गरे । बैंकले उक्त सहयोग ‘एक्टिभ रेसपोन्स एण्ड एक्पेन्डिचर सपोर्ट’ (केरेस) कार्यक्रम अन्तर्गत प्रदान गर्न लागेको हो । उक्त रकमबाट सातै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड भएका कम्तीमा दुई लाख मानिसका लागि क्वारेन्टिन सुविधा प्रदान गर्न र प्रतिदिन कम्तिमा तीन हजार परीक्षणका लागि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यसैगरी कोरोनाको विपदबाट अतिप्रभावित लघु साना र मझौला उद्योगमा अनुदानपूर्ण ऋण दिइने र त्यसमा कम्तिमा ३० प्रतिशत महिलाको नेतृत्वमा रहेका र कम्तिमा आधा पिछडिएको समुदायबाट आबद्धता भएको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...