YouTube Link

स्पानिस ला लिगामा लुइस सुआरेज चम्किदा एट्लेटिको मड्रिड विजय

९०औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल

Facebook Link

एजेन्सीः स्पानिस ला लिगामा लुइस सुआरेज चम्किदा एट्लेटिको मड्रिड विजय भएको छ ।

साविक विजेता एट्लेटिको मड्रिडले गेटाफेलाई २-१ ले पराजित गरेको हो ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

एट्लेटिको पहिलो हाफमा १–०ले पछि परेको थियो ।

घरेलु मैदानमा खेलको ४५औं मिनेटमा स्टेफान मित्रोभिकले गोल गर्दै गेटाफेलाई खेलमा अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा लुइस सुआरेजले दुई गोल फर्काए ।

गेटाफेका चार्ल्स एलेना ७४औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

यो रातो कार्डसँगै गेटाफे १० खेलाडीमा समेटिएको थियो ।

यसको फाइदा एट्लेटिकोले मड्रिडले लियो ।

७८औं मिनेटमा मारियो हेरमोसोको पासमा सुआरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

स्पानिस ला लिगामा लुइस सुआरेज खेलको ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलको नतिजा उल्टाउदै २–१को स्थिती बनाए ।

यो गोल निकै महत्पुर्ण रहयो किन कि यही गोलले एट्लेटिकोले पुनारगमन जित हात पारेको हो ।

जितपछि ६ खेलबाट १४ अंक जोड्दै एट्लेटिको अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

एक खेल कम खेलेको रियल मड्रिड १३ अंकसहित दोस्रो स्थानमा छ ।

लगातार ६ खेलमा पराजित गेटाफे भने अंकविहीन हुँदै १९औं स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा राभो भालेकाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको छ ।

रायोको जितमा राडेमेल फाल्काओले इन्जुरी टाइममा निर्णायक गोल गरे ।

अर्को खेलमा सेल्टाभिगोले लेभान्टेलाई २-० ले हरायो ।

यो पनि पढ्नु होस्ः

एभरेष्ट प्रिमियर लिग शनिबार देखि सुरु हुने भएको छ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...