हेर्नुहोस् तपाईको आज २०७८ असोज ६ गते बुधबार तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असोज ६ बुधवार ०६:५६
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ । मानहानी वा अपमान हुने सम्मको अवस्था नआउला भन्न सकिँदैन । नजिकका सँग हुने विवादले मन निराश हुने स्थिति आउन सक्छ । वाणी माथि नियन्त्रण राख्नु होला । स्वास्थ्यमा गडबडी आउन सक्छ । मित्रसँग विवाद हुने वा मित्रले धोका दिन सक्ने भएकोले सचेत रहनु पर्नेछ । शारिरिक पीडा, चोटपटक आदि बाट जोगिनु पर्ने दिन छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सकारात्मक विचार र उत्साहले महत्वाकाँक्षी विचारहरु आउने छन् । शरीरमा जोश जाँगर, आरोग्य, साहस र स्फूर्ति बढने छ । लाभ तथा मान सम्मान प्राप्तिको संयोग पनि देखिएको छ । कार्यमा सफलता । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने, वस्त्र लाभ हुने वा मन परेको चिज खरीद हुने योग छ । रमाइलो जमघटको साथै उत्तम तथा मिष्ठान भोजनमा मन लोभिन सक्नेछ । मित्र तथा बन्धुहरुबाट सुख मिल्नेछ, विद्यार्थीवर्गलाई समय राम्रो छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कानूनी विवाद, मानहानी तथा चोटपटकको योग पनि चलेकोले सचेत रहनु पर्नेछ। । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ, अनलाइन पढाई, प्रतियोगिता परीक्षा आदिको लागि दिन उत्तम रहनेछ । कसै कसैलाई व्यापार व्यवसायमा ऋण लिनु पर्ने अवस्था सम्म आउन सक्छ । विदेश सँग सम्बन्धित कामहरुबाट लाभ लिन मिल्ने भएकोले आयात निर्यात लगायत नयाँ कामको थालनी गर्न सक्नुहुन्छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र भेटको सम्भावना वा मित्रहरु बाट फाइदा लिन सकिनेछ । उत्तम वस्त्र तथा भोजन प्राप्तिमा मन जानेछ । भोग विलासमा रुचि जाग्नेछ । नयाँ काम शुरु गर्ने समय आएको छ । एक भन्दा धेरै स्रोतहरुबाट धन आर्जन गरिने प्रयास हुनेछ । पुराना रोकिएका कार्यहरुले अगाडि बढनेछन् । गरेका कार्यको उपलब्धिले मान कदर प्रशंसा पाइने सम्भावना बन्न सक्छ । सामाजिक गतिविधिमा व्यस्त हुुन पर्नेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने । कार्य क्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुने योग छ । तँपाइको खुबिले कार्य क्षेत्रमा हाकिमहरु खुशी हुने योग छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउने । सरकारी काम कारवाहीबाट थप हौसला प्राप्त हुने योग छ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पनें समय छ । पारिवारिक झमेला र विवादबाट भने टाढै रहनु होला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव भइदिने, धनको अनावश्यक क्षय वा संचितिमा कमी आउने, आज अरुबाट पिडा कष्ट प्राप्त हुने, परिस्थितीको विवशता महसुस हुनेछ, जागिरमा हुने हरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा अपमान हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई पद तथा जिम्मेवारी हेरफेर हुने वा मुक्त सम्म हुने सम्मको अवस्था आउन सक्छ ।स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरुलाई हलुका नलिनु होला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मबल बढाएर भयमुक्त भइ कार्यहरुलाई अगाडि बढाएमा दिन सहज हुनेछ । शारिरिक शिथिलता बढने भएकोले स्वास्थ्य स्थितिलाई हेलचेक्रयाइ नगर्नु होला । गरेका कामहरुमा शुरुमा सन्तोषजनक परिणाम नआउन सक्ला । हडबडी गर्नाले कामहरु बिग्रन सक्छ । काममा चुनौति देखा परेपनि धैर्यताका साथ अगाडि बढनुमा नै श्रेयस्कर हुन्छ । आफूले बोलेको अरुले उल्टो बुझिदिनाले समस्या उत्पन्न हुन सक्छ ।
आफनो योग्यता र क्षमतालाइ अरुले कदर गर्नेछन । विशेष उपहार प्राप्त हुने अथवा नसोचेको खुशी पाइने सम्भावना पनि छ । नयाँ कुराको अध्ययनको साथै सन्तानहरुसँग समय बिताउनको लागि पनि दिन अनुकुल बन्नेछ । कसै कसैको भने मनमा धेरै कुरा खेल्ने, एक प्रकारको भयले सताउने, मनमा शंका उपशंका आउन सक्ने भएकोले सावधान रहनु होला । स्वास्थ्यको गडबडी हुन नदिन खानपानमा विशेष सचेत हुनुपर्ने दिन छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफूले राम्रो गर्दा गर्दै पनि जस नपाइन सक्छ । धन लाभ लिन तथा भौतिक साधन जुटाउनको लागि दिन शुभ छ । विवाद झमेला आदिहरुमा फाइदा हुने खालको दिन रहने छ । रिन लाभ हुने वा दिएको रकम फिर्ता आउन सक्छ । कामको चापबाट केही फुर्सद पाइने छ । घर बाहीर घुम्न वा यात्रा गर्न मन लाग्न सक्छ, तर हाललाई स्थगित गरिदिनु भएमा राम्रो । बन्द व्यापार व्यवसायमो लाभ पाइने छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्दा निकै होश पुरयाउनु पर्नेछ । ज्यादा नआत्तिकन र नडराइकन अगाडि बढनु पर्ने खालको दिन छ । लक्ष्यलाई पछ्याउन बुद्धिको निकै प्रयोग गर्नु पर्नेछ । कामहरुमा अवरोध आउने वा बिचैमा छोडनु पर्ने पनि हुन सक्छ । तँपाइको अधिकार क्षेत्रमा अरुले कब्जा जमाउन सक्नेछन । गुप्त शत्रुहरु बढने समय भएकोले सचेत रहनु होला । सन्तानको लागि केही खर्चहरु हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नु पर्ने हुनसक्छ ।
कुनै पनि नयाँ कार्यको लागि पर्ख र हेरको स्थिती छ । आफनो व्यवहारले अरुको मन जित्न सफल भइने छ । वैदेशिक व्यापार वा अन्य विदेशसँग सम्बन्धित कार्यको लागि दिन लाभदायक बन्न सक्छ । बोल्दा होश गर्नुपर्नेछ नत्र अप्ठयारोमा परिने छ । नसोचिकन अरुलाई वचन दिने काम नगर्नु होला । व्यावसायीक सामmेदार सँग समस्या उत्पन्न हुन सक्छ । विद्यार्थीवर्गले होश पुरयाउनु पर्ने दिन छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ सोच पलाउनुको साथै नौलो नौलो कार्यहरु गर्न मन लाग्नेछ । थालेको कार्यहरुले शुभ परिणाम दिनेछन् । आफना नजिककाहरुसँग सहयोग लिनु होला । र घर परिवारका सदस्यहरुका बीचमा स्वादिष्ट भोजनमा सामेल भइनेछ । खर्चमा केही वृद्धि भए पनि विगतमा भएका गरिएका सफल उपलब्धिहरुको स्मरणले तँपाइलाइ हौसला प्रदान गर्नेछ । दाजु भाइ तथा मित्रहरुसँग सम्बन्ध सुधार्नलाई आज दिन शुभ रहनेछ ।