YouTube Link

पिएसजी च्याम्पियन्स लिगमा ब्रुगसँग रोकियो

च्याम्पियन्स लिग जित्नकै लागि अरबौं

Facebook Link

एजेन्सीः फ्रेन्च क्लबमा पिएसजी च्याम्पियन्स लिगमा बेल्जियमको क्लब ब्रुगसँग रोकिएको छ ।

पिएसजी च्याम्पियन्स लिगको प्रमुख दाबेदार मध्य एक मानिएको छ ।

मेस्सी नेयमार र एम्बाप्पे जस्ता स्टार खेलाडीले भरिएको पिएसजी च्याम्पियन्स लिगको प्रमुख दाबेदार मानिएको थियो ।

च्याम्पियन्स लिग जित्नकै लागि अरबौं रुपैयाँ यो क्लबले खर्च गरेको छ ।

च्याम्पियन्स लिग जित्ने सपनालाई अझै साकार पार्न पिएसजीले केही समय अघि मात्रै विश्वप्रसिद्ध खेलाडी लियोनेल मेसीलाई पनि बार्सिलोनाबाट क्लबमा भित्र्याएको थियो ।

तर मेसी, नेयमार र एमबाप्पे जस्ता स्टार खेलाडी हुनुको बाबजुद पिससजी नाम नसुनिएको र कहलिएका खेलाडी नै नभएको बेल्जियमको क्लबसँग बराबरीमा रोकिएको छ ।

च्याम्पियन्स लिगको ग्रुप ‘ए’को पहिलो खेलमा पिएसजी बेल्जियमको क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

मेसीविना च्याम्पियन्स लिगको दाबेदार रहेको क्लब उनी गएपछि झन् बढी दाबेदार रहेको विश्लेषण फुटबल पण्डितहरुले गरेका थिए ।

तर पहिलो खेलमा उनीहरूले प्रभाव देखाउन सकेनन् ।

च्याम्पियन्स लिगको पहिलो खेलमा मेसी, नेयमार र एमम्बाप्पे कुनै पनि खेलाडी लयमा देखिएनन् ।

फरवार्ड नचलेको खेलमा स्पेनी मिडफिल्डर आन्द्रे हेरेराले पिएसजीलाई १५ औं मिनेटमा नै अग्रता दिलाएका थिए ।

तर, उनले दिलाएको अग्रता ११ मिनेटसम्म मात्रै टिक्यो ।

२७ औं मिनेटमा ब्रुगका लागि हन्स भानाकेनले बराबरी गोल गरे ।

बराबरी गोल खाएपछि बल पोसेसन बढाउँदै विपक्षीमाथि आक्रमणको प्रयास गरे पनि डिफेन्सलाई चिर्न पिएसजीले सकेन ।

गोल गर्ने उनीहरुको प्रयासलाई ब्रुगका खेलाडीले असफल पारेका थिए ।

६४ प्रतिशत बल पोसेसन राखे पनि स्टार खेलाडीले भरिएको पिएसजीले जम्मा चारवटा मात्रै अनटार्गेट प्रहार गरेको थियो ।

जबकी ब्रुगले ७ वटा अनटार्गेट प्रहार गर्यो ।

ब्रुगले १६ सट प्रहार गर्दा पिएसजीले जम्मा ९ सट प्रहार गरेको थियो ।

घाइते भएपछि एमबाप्पेको सट्टा इकार्डी ५१ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

६ सय ८५ पास पिएसजीले खेल्दा ब्रुगले जम्मा ३७६ पास खेलेको थियो ।

तर, कम पास खेलेर पनि पिएसजीमाथि उसले दबाब बढाइरह्यो ।

बलियो डिफेन्ससामु पिएसजीका खेलाडीले पासमासमेत सन्तुलन मिलाउन सकेका थिएनन् ।

निक्कै धारिलो फरवार्ड लाइनअप हुँदा गोलको वर्षा नै हुने आकलन गरिए पनि ब्रुगले स्टार खेलाडीले भरिएको टिमविरुद्ध सशक्त प्रदर्शन गर्दा पिएसजीको खेल फिक्का बन्न पुग्यो ।

खेल अवधिभर मेसी, नेयमार र एमबाप्पले कुनै प्रभावशाली खेल देखाउन सकेनन् ।

लिग वानमा गज्जवको तालमेल देखाउँदै ५ खेलमा पाँचवटै जिते पनि यसरी च्याम्पियन्स लिगको पहिलो खेलमा नै पिएसजी एकएक गोलको बराबरीमा रोकिएको हो ।

समुह ‘ए’ अर्को खेलमा म्यानचेस्टर सिटीले आरबी लाइप्जिगमाथि सानदार जित निकाल्यो ।

सिटीले ६–३ गोल अन्तरले यो खेल जितेको हो ।

पहिलो खेलपछि सिटी पहिलो स्थानमा छ ।

पिएसजी एक अंकसहित दोस्रो स्थानमा छ ।

अब समुहको अर्को खेलमा पिएसजी र सिटीबीच २९ सेप्टेम्बरमा खेल हुनेछ ।

यो पनिः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...