YouTube Link

ठुलाे स्वरमा चिच्चाउदा अमेरिकी कप्तान सौरभ कारबाहीमा

आफ्नो भाषा, व्यवहार र शारीरिक हाउभाउले

Facebook Link

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिकी क्रिकेट टोलिका कप्तान सौरभ नेत्रवाल्करमाथि कारबाही गरेको छ ।

बायाँ हाते बलर समेत रहेका नेत्रवालकरलाई आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालविरुद्धको खेलमा आईसीसी आचारसंहिताको लेभल-१ को उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो ।

आईसीसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, अमेरिकी कप्तान ‘नेत्रवाल्करले आईसीसी संहिताको धारा २.५ को उल्लघंन गरेको पाइयो ।’

आईसीसीका अनुसार उक्त धारामा खेलको क्रममा कुनै खेलाडीलाई आउट गर्दा आफ्नो भाषा, व्यवहार र शारीरिक हाउभाउले उक्साउने वा अपमानजनक गतिविधि गर्न नपाइने उल्लेख छ ।

आईसीसीले नेत्रवाल्करको अनुशासन रेकर्डमा एक डिमेरिट अंक थपेको छ ।

३३औं ओभरमा बलिङको क्रममा कुशल मल्लको विकेट लिएपछि नेत्रवाल्करले उनलाई लक्षित गरी चर्को स्वरमा चिच्याएका थिए ।

आईसीसीले नेत्रवाल्करको उक्त ब्यवहारले मल्ललाई आक्रामक गतिविधि गर्न उक्साउने रुपमा अर्थ्याएको छ ।

फिल्ड अम्पायर राहुल आशेर, विनोद बाबु र अहमद शाह पक्तेनले नेत्रवाल्करको उक्त ब्यवहारमा ध्यानाकर्षण जनाएका थिए।

आईसीसी एलिट प्यानल अफ म्याच रेफ्री ग्रीम लेब्रोयको सिफारिसमा उनीमाथि कारबाही गरिएको हो। त्यसैले औपचारिक सुनुवाइको आवश्यकता नरहेको बताइएको छ।

लेभल १ को उल्लघंन गरे न्यूनतम जरिवाना एक खेलाडीको म्याच फीसको ५० प्रतिशत कटौति र एक वा दुई डिमेरिट अंक थप गरिन्छ ।

यो पनि पढ्नु होस्ः

पिएसजी च्याम्पियन्स लिगमा ब्रुगसँग रोकियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...