हेर्नुहोस् तपाईको आज २०७८ भदौ ३१ गते बिहीबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:०५
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तसँग विवाद नगर्नुहोला, रोग र चिन्ताबाट टाढा रहनुपर्ने दिन छ, धन हानी, कार्यस्थलमा सावधान रहने, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउनसक्ने, मानसम्मान र उपलब्धिमा कमी, तर बृहस्पति शुभ छभने, धनधान्य, सम्पत्तिसुख, आफनो प्रिय मान्छेको प्रगति सन्तानको प्रगति, उत्तम मानसम्मान, धनलाभ, भूमि लाभ र मागंलिक कार्य सम्पादन हुनेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आरोग्यता प्राप्ति, वस्त्रलाभ, मानसम्मानमा वृद्धि हुने छ । दाम्पत्य जीवनमा सुख, मित्रसुख, शत्रु परास्त हुनेछन् । बौद्धिक विकास हुनेछ, मनमा नयाँ सकारात्मक विचार आउन सक्छ । कार्यमा सफलता प्राप्त हुने, मन प्रसन्न हुने, छोटा दुरीको यात्राको अवसर प्राप्त हुनसक्ने । धनलाभको पनि सम्भावना छ प्रयास गर्नुहोला । उच्च शिक्षाको लागि राम्रो समय ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरेको काममा बाधा वा विलम्ब आउने, सन्तान पक्षबाट समस्या वा उनीहरुसँग असमझदारी हुने, स्वास्थयको ख्याल राख्नुपर्ने समय छ । गलत काममा वा गुप्त कुरामा मन जानसक्ने, कुटुम्बसँग मनमुटाव बढनसक्ने, विद्यार्थीहरुले भने पढाइमा अलि मेहनतै गर्नुपर्ने खालको दिन छ । आफनो दाँत, आँखा, अनुहारको समस्याबाट ध्यान दिनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन तथा उपहार आदि प्राप्ति, आदर सत्कार पाइने । वैवाहिक सुख तथा प्र्रेमसम्बन्धको लागि दिन राम्रो रहनेछ । वस्त्र लाभ अथवा कतैबाट उपहार आदि प्राप्त हुने सम्भावना छ व्यापारिक वर्गलाई समय राम्रो छ, व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि राम्रो दिन छ । लगानीको लागि समय शुभ छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हानीनोक्सानी, दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ, पराक्रममा कमी आउनेछ । आलस्य बढनेछ । खर्चमा वृद्धि । मानसिक अशान्ति, शारिरिक कष्ट, शोक पर्नसक्ने । संक्रामक रोगहरुबाट बच्नुहोला । अरुनै कारणले निद्राको समस्या आउनसक्छ । विद्यार्थीहरुको लागि समय राम्रो छैन ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन सुखमय हुनेछ । शरिरको कान्ति वृद्धि, धनलाभ, उत्तमभोजन, बन्धुसुख, स्त्रिसुख, मित्रसुख वा मित्रबाट फाइदा । भोगविलास र रमाइलोमा समय बित्ने, आयवृद्धि वा आयस्रोतको नयाँ बाटो फेला पर्नसक्छ, प्रयास गर्नुहोला, पहिलेदेखि गरिरहेको तर अडकिएका कार्यहरुले गति लिनेछ । व्यापारीवर्गलाई राम्रो छ, तरल पदार्थहरुको व्यापारमा राम्रो योग छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यसिद्धि, धनलाभ, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनुभएको छ भने समय राम्रो छ । कर्मक्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुनेयोग छ । ईच्छित फल पाउने अथवा शुभ समाचार आउनसक्नेछ । राज्य प्रशासन सहयोग पाइने, विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नुपर्ने दिनछ, भूमि, वाहन सुखको साथै पारिवारीक सुख प्राप्त हुने समय छ ।
व्यवसाय हानी, प्रतिष्ठा हानी, बिना कारण झगडा हुने, नखाएको विष लाग्ने अथवा नसोचेको आरोप लाग्ने सम्भावना छ । स्वास्थयको विषेशख्याल राख्नुहोला, सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने अवस्था आउनसक्छ, अथवा मतभेद हुनसक्छ, छोटो दुरीको यात्रा अथवा निरर्थक भ्रमण पनि हुने योग छ । धर्मकर्म र अध्यात्ममा ध्यान दिनुभयो दिन सुखद हुनेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
झगडा विवादमा नसिक चिन्ताबाट टाढा रहने प्रयास गर्नुहोला, टाइममै खानपान नमिल्ने अथवा खानपानको कारणले पनि समस्या उत्पन्न हुनसक्छ, आर्थिक नोक्सानी पारिवारीक समस्याबाट सचेत रहनुहोला, अचानक दुर्घटना वा चोट लाग्नसक्ने भएकोले सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, दाम्पत्य सम्बन्ध भने सुमधुर रहनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धनलाभ, वैवाहिक सुख, उत्तम भोजन, वाणिज्य र व्यवसायमा लाभ, शत्रुहरु पराजित हुनेछन प्रेमसम्बन्धमा सुखद अवसर प्राप्त, दाम्पत्य सुख हुने, मनोरन्जनमा समय बित्नेछ । व्यवसायमा रोकिएको कार्य बन्नेछ । शत्रु बाधाबाट मुक्ति पाइने, टाढाको मान्छेसँग भेट वा कुरा हुनसक्ने वा सहयोग पाइने, व्यापार व्यवसायमा राम्रो दिन छ ।
धनलाभ, शयन सुख, स्वास्थ्य राम्रो भइ आरोग्यता प्राप्ति हुने, आदर सत्कार पाइने, आनन्द प्राप्तहुने, परिवारिक सुख, शत्रुनाश, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्यकुराहरुमा विजय प्राप्ति । विद्यार्थीहरुलाइ समय राम्रो छ । लगानीको लागि दिन राम्रो भएकोले निवेश गर्दा हुन्छ । सन्तान पक्षको विशेष ख्यालगर्नुहोला ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन अशान्त हुने, कर्ममा गतिरोध, कार्यमा विध्न बाधाव्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा नहुने, बिनाकारण अलमलिने खालको समय छ । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ अन्यथा पढाइमा एकाग्रता आउँदैन । धनहानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । मित्रहरुसँग विवादबाट टाढै रहने । लगानीलाइ पनि समय ठीक छैन ।