YouTube Link

राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने टोलीलाई लोकतान्त्रीकको बिदाई

Facebook Link

काठमाडौं: पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले बिदाई गरेको छ ।

 

बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाईन क्याफेमा नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले खेलाडीहरुलाई खादा लगाएर बिदाई गरे ।

 

खेलाडीहरुलाई शुभ-कामना दिंदै प्रमुख अतिथि महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर फर्कन सुझाव दिए ।

 

उनले मानसिक र शारीरिक तन्दुरस्तीका साथै युवाहरुलाई समेटेर लोकतान्त्रीक माध्ययमले खेलकुदको विकास गर्ने उद्धेश्यले नेपाल लोकतान्त्रीक खेलकुद संघको स्थापना भएको बताए ।

 

नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशीले टोखाको नेतृत्व गर्दै प्रतियोगितामा सहभागीता जनाउन लागेका क्लब तथा खेलाडीहरुलाई शुभ-कामना दिंदै गजराज जोशीको जन्मस्थल र विभिन्न खेलमार्फत खेलाडी र खेलको विकास गर्दै आई रहेको बताउँदै खेलाडीहरुलाई विजयी भएर आउन बधाई दिए ।

 

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका प्रमुख दीपक गुरुङले खेलाडीहरुलाई शुभ-कामना दिँदै खेलाडीहरुलाई विजयी भएर आउन भन्दै विजयी भएर आएको खण्डमा खेलाडीहरुलाई उचित नगद पुरस्कारले सम्मान गर्ने बताए ।

 

उनले नेपाल लोकतान्त्रीक खेलकुद संघ खेल र खेलाडीहरुको हकर हितका लागि स्थापित संस्था भएकोले बागमती प्रदेशले विभिन्न खेल आयोजना, खेलाडीहरुलाई सम्माका साथै प्रकोपमा परेकाहरुका लागि पनि सहयोग पुर्याउँदै आएको स्मरण गराए ।

 

कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य लगायत बागमती प्रदेशका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

 

आश्विन २ देखि २२ गते सम्म आयोजना हुने लिगका लागि बागमती प्रदेशबाट प्रभाफेरी युथ क्लब, टोखाका साथै ढुकु फुटसल चण्डोल, शंखमुल फुटसल र स्काई गोल्स, चक्रपथ छनोट भएका छन् । टोली बिहिबार पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलमा बिशाल सारुमगर (कप्तान), सुदीप पन्त, राज पौडेल, आलिग तामाङ्ग, सन्तलाल गुरुङ्ग, धिरज जोशी, श्रीजेश पुरी, सिजन गुरुङ्ग, विवेक सारु मगर, सुविल श्रेष्ठ, सुनिल श्रेष्ठ, धीरज श्रेष्ठ, दिपेश श्रेष्ठ, आशिष गुरुङ्ग रहेका छन् । यस्तै टिम ब्यवस्थापकमा कृष्ण राम श्रेष्ठ र टिम प्रशिक्षकमा सरोज थापा रहेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...